साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हुन् शान्त हल्लाहरू !

हल्ला आमसभा गरी सहरमा डेरा जमाओस् सदा हल्ला दैनिक होस् बिदा किन बसोस् हल्ला गरौँ सर्वदा । बोल्नेका मुख थुन्नु छैन जन हो सुन्ने थुनौँ कान के हल्ला नै नगरे न इज्जत मिलोस् हल्लाविना मान के ।

Nepal Telecom ad

उत्तम विचार :

हल्लाकै पछि दौडिए सबजना सल्लाह के मान्दछन्
हल्ला हो अधिकार नागरिकको भन्ने तिनै ठान्दछन् ।
आफ्नै कान भुलेर छाम्न दुनियाँ दौडिन्छ कौवातिर
हल्ला शान्त भए हुनेछ घर यो मानौँ स्वयम् मन्दिर ।।

गल्ली चोक पुगी नयाँ सडकमा गर्दै गरोस् भाषण
हल्ला शासक होस् र मौन जनता बिर्सी गरोस् शासन ।
हे हल्ला अब थाक्नुपर्छ तिमीले हाम्रो छ यो आग्रह
जोड्दा शब्द समास बन्दछ भुली के गर्दछौ विग्रह ।।२।

हल्ला दैनिक माइतीघर पुगोस् ढाक्दै बसोस् मन्डला
हल्ला पक्ष विपक्षमा चलिरहोस् घोक्रो सुकाई गला ।
हल्ला माग लिई पुगोस् सडकमा नारा बनी उर्लियोस्
हल्ला शान्त भए सुनिन्न जन हो हल्ला अझै कुर्लियोस् ।।३।

हल्ला आमसभा गरी सहरमा डेरा जमाओस् सदा
हल्ला दैनिक होस् बिदा किन बसोस् हल्ला गरौँ सर्वदा ।
बोल्नेका मुख थुन्नु छैन जन हो सुन्ने थुनौँ कान के
हल्ला नै नगरे न इज्जत मिलोस् हल्लाविना मान के ।।४।

हल्ला स्वार्थ भुलेर मन्दिर पुगोस् हल्ला बनोस् प्रार्थन
हल्ला श्वास बनी बसोस् हृदयमा हल्ला बनोस् धड्कन ।
हल्ला नै नभए हुँदैन झगडा विश्रान्ति होला बरु
गर्छन् याचन भक्त शुद्ध मनले हुन् शान्त हल्लाहरू ।।५।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
चुपचाप !!!

चुपचाप !!!

उत्तम विचार
सङ्कल्प !

सङ्कल्प !

उत्तम विचार
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
0
Would love your thoughts, please comment.x
()
x