साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रभुको जय !

त्यसैले पेट भर्नकै लागि होला, सिंचाईका ठूला ठूला नहर खानु हुन्छ बिजुलीका पावरहाउस, अग्ला टावर र वनजंगल आँखा चिम्लेर निल्नु हुन्छ !

Nepal Telecom ad

सुभाषचन्द्र देवकाेटा :

शक्तिको जय होस् !

शक्तिको भक्तिमा
चलायमान !
उहाँ दाल, भातको सट्टा,
सुनको डल्ला खानु हुन्छ !
तरकारी र भुटनको सट्टा,
कमिसन खानु हुन्छ !
सरकारी जग्गा जमिनलाई,
दूध जसरी घुट्क्याउनु हुन्छ !

शक्तिकै कारण,
उहाँ फलाम र सिमेन्टीका पुलहरू,
सजिलै चपाउनु हुन्छ !
एरपोर्टका जहाजहरू सुलुक्क निल्नु हुन्छ !
सडकका ढुंगा र गिटीको त कुरै छोडौँ,
अलकत्रा पनि,
पानी जस्तै घुट्क्याउनु हुन्छ !

शक्तिको भक्त भए रै होला,
दाल, भातले उहाँको भोक मेटिदैन ,
सागपात र दूधले उहाँलाई स्वाद दिँदैन !
त्यसैले पेट भर्नकै लागि होला,
सिंचाईका ठूला ठूला नहर खानु हुन्छ
बिजुलीका पावरहाउस, अग्ला टावर र
वनजंगल आँखा चिम्लेर निल्नु हुन्छ !

शक्ति गजबको कुरा,
त्यै शक्तिको आडमा,
उहाँ नीति नियम च्यात्नु हुन्छ !
बिरोधीहरुको,
टाउकोमा डण्डा बजार्नु हुन्छ !

आउ,अब हामी पनि
यस्तो महाशक्तिको
महिमा गीत गाउँ !
शक्तिशाली प्रभुको,
आशिर्वाद ग्रहण गरौँ !
शक्तिको भक्ति गरौँ !
एकबारको जुनी सपारौँ !

०००
गाेरखा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
मनको लड्डु …

मनको लड्डु …

सुभाषचन्द्र देवकाेटा
निरोको शहर…

निरोको शहर…

सुभाषचन्द्र देवकाेटा
म हार्न तयार छु

म हार्न तयार छु

सुभाषचन्द्र देवकाेटा
जय नेपाली क्रान्ति !

जय नेपाली क्रान्ति !

सुभाषचन्द्र देवकाेटा
राजनीतिका बनियाँ

राजनीतिका बनियाँ

सुभाषचन्द्र देवकाेटा
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x