साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लफुङ्गो

कतै बोर्ड क्यारेमको ठोक्छ गट्टी कतै ताल बेतालको हान्छ झट्टी कुनै मान्यता छैन ठूला बडाको निकालेर जिद्धी सधैँको रडाको ।

Nepal Telecom ad

तुलसीप्रसाद भट्टराई :

सधैँ साँझमा चुस्स ठर्रा लिने हो
यतै चोकमा हल्लिने रल्लिने हो
सबै एक खाले भए साथ जिक्री
अहो जिन्दगीको कुनैछैन फिक्री ।

अचम्मै छ टाटे र पाङ्ग्रे कपाल
लुगाको सबै ठाउँमा हुन्छ प्वाल
गुजुल्टे छ दाह्री मुखै झुस्स पार्ने
अरे सोच कस्तो छ मौका चहार्ने ।

लमम्कै छ जुत्ता चुचो एक हाते
कुरा गर्छ उस्तै सधैँ एक बाते
सबै ठाउँमा हुन्छ मुन्द्रा र फेसो
कुनै काममा छैन मेलो न मेसो ।

जुवातासको खेलमा जम्छ कैले
कतै भोजको मोजमा रम्छ कैले
भएभाङ सुल्फा सबैथोक हान्छ
कतै पाइहाले अझै ड्रक्स तान्छ ।

कतै बोर्ड क्यारेमको ठोक्छ गट्टी
कतै ताल बेतालको हान्छ झट्टी
कुनै मान्यता छैन ठूला बडाको
निकालेर जिद्धी सधैँको रडाको ।

अनौठो छ बुट्टा र ट्याटू भरेको
हरे राम यो बैँसले के गरेको
कुनै काम कर्तव्यको छैन टुङ्गो
कठै जिन्दगी नै हुने भो लफुङ्गो ।

०००
बिर्तामोड, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भाषाको गरिमा राख्न

भाषाको गरिमा राख्न

तुलसीप्रसाद भट्टराई
पछुतो

पछुतो

तुलसीप्रसाद भट्टराई
किन आउँथेँ ?

किन आउँथेँ ?

तुलसीप्रसाद भट्टराई
किन आँउथे ?

किन आँउथे ?

तुलसीप्रसाद भट्टराई
होला र के उन्नति

होला र के उन्नति

तुलसीप्रसाद भट्टराई
चुराले बितायो

चुराले बितायो

तुलसीप्रसाद भट्टराई
0
Would love your thoughts, please comment.x
()
x