साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो बदनाम

फेरि साँझ पर्‍यो कि मेरो बदनाम मेरै बदनाम ओकल्न बदनाम शहरतिर पसी बियरको चुस्की लिँदै बदनामसित इत्रिँदै, छिल्लिँदै मेरै खोइरो खन्छ मेरो बदनाम ।

Nepal Telecom ad

कृष्ण प्रधान :

“If  you hate me, hate me

Alone, DonÚt be out there

lying about me and

trying to recruit people

to hate me with you.”

–TOBBY MCKEEHAN –

The MINDJOURNAL.

मेरो बदनाम…
बैठककोठाभित्रबाट सुटुक्कै निस्केर
गल्ली, गल्छिडो, चेपचाप,
कुनाकाप्चा, चोरबाटो
शहर बजार हुँदै
कुनै लबरपाँडे पछिल्तिर
दुइवटै फिला खप्टाएर
बुलेट बाइकमा चढी
केशराशि फैलाउँदै
कालो चस्माले आँखा ढाकी
मेरो बदनाम
बदनाम कानहरूमा थुरिन्छ ।

बदनाम कानहरू
मुख मिठाउँदै
एउटा कानमा पसेको बदनाम
अर्को कानले उडाएर
फेरि अर्को बदनाम कानहरूमा
पठाउँछ ।

कानहरू मेरो बदनामको
पोष्ट मर्टम गर्न
धुरिन्छन्…
कहिले फोनमा
कहिले ह्वाटसएपमा
कहिले वा म्यासेञ्जरमा
कहिले इन्साटाग्राममा ।

मेरो बदनामको आँखाबाट
खसेका ढिका ढिका
गोहीको आँसुले
मेरो बदनाम सुन्ने कानहरू
पनि गोहीकै देखासिकी गरी
बरबर्ती आँशु झार्छन्
अनि…
मेरो बदनामको खोइरो
खन्न उत्ताउला बन्छन् ।
सधैँ भुकभुकै उज्यालोमा
मेरो बदनाम सुटुक्कै निस्केर…
भोलिपल्ट भुकभुकै उज्यालोमा
मेरो शयनकक्षमा पसी चरणस्पर्श गर्छ ।

मेरो बदनामको कलेटी परेको
मुखबाट निस्केको ह्वास्सै रक्सी र सिग्रेटको
गन्ध मेरो शयन कक्षभरि रुमलिन्छ
मेरो बदनामको वक्षस्थलबाट
ह्वाँस्सै ह्वाँस्सै बियर गन्हाउँछ
कलेटी परेको औँठमा
चुम्बनको मानचित्र कोरिएको देख्छु
माथमा भएको नाम मात्रको सिन्दुर
वीर्यले लतपत भएको देख्छु
वाह मेरो बदनाम… ।

मेरो बदनामले
आफ्नो लबस्तरो ढाक्न
सिन्दुरको आडमा
मेरो बदनाम
जङ्गल, बारतिर यौन वमन गर्छ
लुगाको पोको खाँदेर
हिमाल प्रदर्शन गर्दै
बियरको बोतललाई बाहुपाशमा कसी
वीर्यवमनको लालसामा
उत्ताउलो नाँचेर
यौनपिपासुको तिर्सना मेटछ ।

भक्कु वीर्यमा चोबलेर
फेरि
भुकभुके उज्यालोमा
गुँडमा पसी
मेरो बदनाम
मेरै अघि आएर
आत्मसमर्पण गर्छ
अनि
जीउभरि चपचप लागेका
वीर्य पखाली
पूजा कोठामा पसी
गाँवै थर्काउने गरी
हनुमान चालिस पढ्छ ।

फेरि साँझ पर्‍यो कि
मेरो बदनाम
मेरै बदनाम ओकल्न
बदनाम शहरतिर पसी
बियरको चुस्की लिँदै
बदनामसित इत्रिँदै, छिल्लिँदै
मेरै खोइरो खन्छ
मेरो बदनाम ।

“If  you hate me, hate me

Alone, DonÚt be out there

lying about me and

trying to recruit people

to hate me with you”

–TOBBY MCKEEHAN –

The MINDJOURNAL.

०००
सिलिगुडी (भारत)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x