सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

प्राज्ञका लागि बोलपत्र आह्वान

मालिस गर्न जान्नुपर्छ गुहुलाई पर्साद ठान्नुपर्छ जुत्तालाई श्रीपेच मान्नुपर्छ आफ्ना भाइभतिजालाई तान्नुपर्छ मामा चेला सम्धी सम्धिना पूर्वप्रेमी प्रेमिकालाई छान्नुपर्छ अर्नाले झैँ सिँगौरी हान्नुपर्छ ।

Nepal Telecom ad

होम सुवेदी :

एक थान कु चाहिएको थियो पूरा भो
एक थान उकु चाहिएको थियो पूरा भो
अब केही थान प्राज्ञ चाहिएको छ
त्यता कतै भनेजस्तो पाइएको छ ?

यता पनि एक प्रज्ञाप्रतिष्ठान खोल्दै छौँ
अलिकति गोप्य कुरा खोल्दै छौँ
नढाँटिकन कुरा सफा बोल्दै छौँ
नसम्झनु होला कुरा गिजोल्दै छौँ
पक्का हो प्रज्ञाप्रतिष्ठान खोल्दै छौँ
बोलपत्र आह्वान गरेका छौँ
गोप्य खामबन्दीमा दस्तूर सहित
निवेदन दिनु होला
झोला बोक्न नबिर्सनु होला ॥

आफ्ना मान्छेमा सूचना छरेका छौँ
गोप्य निवेदन दिइराखे हुन्छ
पछि पछुतो होला
हेर्नुहोस् उल्टो बग्दैन खोला
एकबारको चोला
प्राज्ञ बन्नु होला
बरू बरू
अहिल्यै भिरिहाल्नुहोस् झोला

न्यूनतम योग्यताको हकमाः
तिकडम मनग्गे जानेको
झोले भरौटेका रुपमा
पार्टीले माथि तानेको
अर्का पार्टीले किक हानेको
आफन्तका रुपमा छानेको
जस्तै भए पनि गतिलो ठानेको
झोले हो भनेर सबैले मानेको
पार्टीले किलामा घाँस दिएर बानेको
कु ता छँदैछ
एक थान उकु पनि छँदैछ
केही थान प्राज्ञ चाहिएको छ
बेलैमा सम्झाइएको छ
पछि पछुतो होला
तुरुन्त भिरिहाल्नुहोस् झोला
फर्किंदैन बगेको खोला ॥

पेश गर्नु पर्ने बन्दोबस्तीका हकमा
एक गरियो तोरीको तेल बोक्नोस्
केही थान टायर बोक्नोस्
बाँसका भाटा बोक्नोस्
आवश्यक पर्दा खुब खोक्नोस्
सोधिने प्रश्नको हकमा
माओवाद लेनिनवाद र साम्यवादका साथ
रुस चिन र अमेरिका घोक्नोस्
यति गर्दा पनि पास नभए
थाप्लो ठोक्नोस्
एक पटक नभए अर्को पटकका लागि
तर्छाउन थाल्नुहोस्
प्रतिष्ठानबाहिर टाइर बाल्नुहोस् ॥

पास हुने काइदा पनि छन्
पास भएपछि फाइदा पनि छन्
मालिस गर्न जान्नुपर्छ
गुहुलाई पर्साद ठान्नुपर्छ
जुत्तालाई श्रीपेच मान्नुपर्छ
आफ्ना भाइभतिजालाई तान्नुपर्छ
मामा चेला सम्धी सम्धिना
पूर्वप्रेमी प्रेमिकालाई छान्नुपर्छ
अर्नाले झैँ सिँगौरी हान्नुपर्छ
कुस्ती खेलेको अनुभव हुनुपर्छ
प्रभुको पाउ छुनुपर्छ
ठाउँ नपाए धुरु धुरु रुनुपर्छ
पार्टीका थाङ्ना धुनुपर्छ
यति भएपछि प्राज्ञको योग्यता भयो
केही थान प्राज्ञ चाहिएको छ
समयसीमा नाघ्ला
फेरि अर्को झोलेले माग्ला
त्यसैले
यो योग्यता भएको
केही थान प्राज्ञ चाहिएको छ
यस्तो प्राज्ञ त्यता कतै पाइएको छ !!??

०००
भद्रपुर, झापा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
नेताज्यूको क्रान्ति र मुड्के सलाम

नेताज्यूको क्रान्ति र मुड्के...

सुभाषचन्द्र देवकाेटा
नयाँ क्यालेन्डर

नयाँ क्यालेन्डर

भरत गुरागाइँ बर्बरिक
विश्व खवर

विश्व खवर

विष्णुहरि पाैडेल
विदेशको लोकतन्त्र के तन्त्र ? नेपालको लोकतन्त्र पो तन्त्र ।

विदेशको लोकतन्त्र के तन्त्र...

शम्भु जमरकट्टेल हेदाङ्ने
गुट

गुट

प्रेमदत्त कलाैनी
मतिभ्रष्ट को भयो ?

मतिभ्रष्ट को भयो ?

दुर्गा रिमाल अधिकारी