साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नशा 

प्राण त्याग्न सक्छ जो फसेर युध्द शैलमा गर्छ यत्न प्राप्तिमा हजार सौम्य मूर्तमा भर्छ पेट खै कहाँ बजार डुल्छ प्रातमा यो नशा खराब हो बिगार्न सक्छ लातमा।

Nepal Telecom ad

टंकराज ढकाल तितेपाती :

यो नशा अधीर जो भयो अटेर तालमा
जिन्दगी गुजार्नमा कतै बहन्छ जालमा
बस्छ जो दिमागमा लुकी रहन्छ यादमा
दुष्ट जो समाजमा डसी समस्त कालमा।१

डुल्छ यो नशानशा पसेर आसपासमा
भुल्छ जो कताकता प्रहार गर्छ मर्ममा
हुन्छ यो यदाकदा समाज भाँड्छ मातमा
भै गुलाब कष्टको सहर्ष कालपाशमामा।२

लाग्छ रन्न माथमा डुलेर हातहातमा
दिन्छ धेर यातना जघन्य मातरातमा
हुन्छ चुस्त योजना छ दीर्घ चाल घातमा
लुब्ध हुन्छ याचना सुमार्ग त्याग्छ कर्ममा।३

बिम्वमा रटान यो प्रदिप्त हुन्छ खानमा
भावमा अभावको स्वभाव बोक्छ जोशमा
जोडको प्रभावले सुवर्ण ताक्छ ओजमा
जाग्छ जो कुभावले अभिन्न लाग्छ शर्तमा।४

प्राण त्याग्न सक्छ जो फसेर युध्द शैलमा
गर्छ यत्न प्राप्तिमा हजार सौम्य मूर्तमा
भर्छ पेट खै कहाँ बजार डुल्छ प्रातमा
यो नशा खराब हो बिगार्न सक्छ लातमा।५

नीच राख्छ भावना अटेर खानपानमा
नित्य भाग्छ जो घना अजङ्ग मोहजालमा
भव्य मान्छ जो अझै लुकेर खोंचखोंचमा
दिव्य लाग्छ के उतै प्रसङ्ग जुर्छ धाममा।६

०००

नवलपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आकाश शून्य

आकाश शून्य

टङ्कराज ढकाल ‘तितेपाती’
आमा

आमा

टङ्कराज ढकाल ‘तितेपाती’
गरायौ हरायौ

गरायौ हरायौ

टङ्कराज ढकाल ‘तितेपाती’
सबै कुरा धनमाथि आश्रित

सबै कुरा धनमाथि आश्रित

टङ्कराज ढकाल ‘तितेपाती’
कता गयो कता गयो

कता गयो कता गयो

टङ्कराज ढकाल ‘तितेपाती’
कंस चरित्र

कंस चरित्र

टङ्कराज ढकाल ‘तितेपाती’
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक...

राजेन्द्रप्रसाद अधिकारी
झिङ्गे दाउ

झिङ्गे दाउ

रामप्रसाद पन्थी
बुझौँ कुरा मित्रको

बुझौँ कुरा मित्रको

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x