सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

नशा 

प्राण त्याग्न सक्छ जो फसेर युध्द शैलमा गर्छ यत्न प्राप्तिमा हजार सौम्य मूर्तमा भर्छ पेट खै कहाँ बजार डुल्छ प्रातमा यो नशा खराब हो बिगार्न सक्छ लातमा।

Nepal Telecom ad

टंकराज ढकाल तितेपाती :

यो नशा अधीर जो भयो अटेर तालमा
जिन्दगी गुजार्नमा कतै बहन्छ जालमा
बस्छ जो दिमागमा लुकी रहन्छ यादमा
दुष्ट जो समाजमा डसी समस्त कालमा।१

डुल्छ यो नशानशा पसेर आसपासमा
भुल्छ जो कताकता प्रहार गर्छ मर्ममा
हुन्छ यो यदाकदा समाज भाँड्छ मातमा
भै गुलाब कष्टको सहर्ष कालपाशमामा।२

लाग्छ रन्न माथमा डुलेर हातहातमा
दिन्छ धेर यातना जघन्य मातरातमा
हुन्छ चुस्त योजना छ दीर्घ चाल घातमा
लुब्ध हुन्छ याचना सुमार्ग त्याग्छ कर्ममा।३

बिम्वमा रटान यो प्रदिप्त हुन्छ खानमा
भावमा अभावको स्वभाव बोक्छ जोशमा
जोडको प्रभावले सुवर्ण ताक्छ ओजमा
जाग्छ जो कुभावले अभिन्न लाग्छ शर्तमा।४

प्राण त्याग्न सक्छ जो फसेर युध्द शैलमा
गर्छ यत्न प्राप्तिमा हजार सौम्य मूर्तमा
भर्छ पेट खै कहाँ बजार डुल्छ प्रातमा
यो नशा खराब हो बिगार्न सक्छ लातमा।५

नीच राख्छ भावना अटेर खानपानमा
नित्य भाग्छ जो घना अजङ्ग मोहजालमा
भव्य मान्छ जो अझै लुकेर खोंचखोंचमा
दिव्य लाग्छ के उतै प्रसङ्ग जुर्छ धाममा।६

०००

नवलपुर

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
छाक टारौँ कसोरी

छाक टारौँ कसोरी

टङ्कराज ढकाल ‘तितेपाती’
खेदौँ फटाहा

खेदौँ फटाहा

टङ्कराज ढकाल ‘तितेपाती’
बिर्सिन् क्या यी शालिनीले मलाई

बिर्सिन् क्या यी शालिनीले...

टङ्कराज ढकाल ‘तितेपाती’
उधारो नतिर्ने पारा छ के हो ?

उधारो नतिर्ने पारा छ...

टङ्कराज ढकाल ‘तितेपाती’
छोपेर छोपिन्न

छोपेर छोपिन्न

टङ्कराज ढकाल ‘तितेपाती’
अगस्ति झमेला

अगस्ति झमेला

टङ्कराज ढकाल ‘तितेपाती’
जिन्दगी

जिन्दगी

खगेन्द्र नेउपाने
आगो र पानी

आगो र पानी

देव भट्टराई (२)
के बेच्न बाँकी छ र !

के बेच्न बाँकी छ...

हरिप्रसाद रिमाल
धरोधर्म गर्छु (२३)

धरोधर्म गर्छु (२३)

डिल्लीप्रसाद मूलतिहुन
पानीमाथिका सपनाहरू

पानीमाथिका सपनाहरू

केशव ज्ञवाली ‘आगत’
बेताल छ

बेताल छ

प्रकाश अर्याल ख