साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लास्ट बेञ्च

नेतालाई सधैँ पुज्नू पुर्याएर खुसामद नेताका चाकरी गर्नू पाइनेछ ठुलो पद । के खालान् नातिका पुस्ता आज जोहो नगर्दिए कमाई कसरी होला आजैदेखि नसोचिए ।

Nepal Telecom ad

घनश्याम रेग्मी :

लोभका जाल फालेर अल्झायौ अफवाहमा
नेपाली जनता पार्छौ सधैँ नै गुमराहमा ।
केही होला थियो आशा त्यो त्यान्द्रो आज छिन्न छ
नेताका के कुरा गर्छौ देखिँदै चाल भिन्न छ ।

देशभक्ति बहाना हो चाहना धनको गर
जतिसक्दो कमाएर आआफ्नो स्वार्थ लौ भर
जाऊन् बाहिर चाहे जो हलुङ्गो उति नै हुने
सँगैका निस्किए साथी झोलुङ्गो हलुका हुने ।

ठेक्का पट्टा सिधै पार आफन्त दाइ भाइमा
राष्ट्र परे छ के खाँचो गहिरो गर्त खाइमा ।
तिमी बाहिर बस्दामा राष्ट्रवादी निकै बन
सत्तामा जहिले पुग्छौ कमाऊ बेस्सरी धन ।

नेतालाई सधैँ पुज्नू पुर्याएर खुसामद
नेताका चाकरी गर्नू पाइनेछ ठुलो पद ।
के खालान् नातिका पुस्ता आज जोहो नगर्दिए
कमाई कसरी होला आजैदेखि नसोचिए ।

भत्ताको जोखना हेर सत्ताको भर के छ र
व्यापारी आज नै भेट भोलिको भर के छ र ?
आफ्ना सन्तान सारा लौ पछाडि बस्न लौ भन
रातारात कमाएर कुम्ल्याऊ बेस्सरी धन ।

०००
हाल – बैजनाथ १- चिसापानी, बाँके

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाका युवा बालक छन् बिहाल !

पाका युवा बालक छन्...

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (६)

पाकाहरूबाट सिकाैँ (६)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (५)

पाकाहरूबाट सिकाैँ (५)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (४)

पाकाहरूबाट सिकाैँ (४)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (३)

पाकाहरूबाट सिकाैँ (३)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकौँ (२)

पाकाहरूबाट सिकौँ (२)

घनश्याम रेग्मी
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x