साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म इतिहास हुँ यो देशको !

सदियौँदेखि द्वेष, विभाजन वा फुट दल, त्यसभित्र गुट अनि उपगुट र, धोका, बेइमानी वा झुटको खेतीमा रमाउने म कटु इतिहास हुँ यो देशको !

Nepal Telecom ad

मीनप्रसाद लामिछाने :

किसान हकअधिकारका कुरा गर्ने
भीमदत्त पन्तको टाउको काट्ने
विदेशमा कमाएको रेमिटेन्स विदेशीसँग अन्नमा साट्ने
र, आफूलाई ‘कृषि प्रधान देश’ भनेर कहिल्यै नथाक्ने
म कटु इतिहास हुँ यो देशको !

जङ्गबहादुरहरूको जय गाउने
भीमसेन थापाहरूले चैँ सजाय पाउने
अनि शहीद र शहीद बनाउनेहरूलाई एकसाथ माला लाउने
म कटु इतिहास हुँ यो देशको !

राष्ट्रियता र जनजीविकाको भर्‍याङ चढेर सत्तामा जाने
आफ्ना आसेपासेहरू समेतलाई छानी छानी लाने
र, मिलाएर आलोपालो यो देशको सर्वश्व खाने
म कटु इतिहास हुँ यो देशको !

सदियौँदेखि द्वेष, विभाजन वा फुट
दल, त्यसभित्र गुट अनि उपगुट
र, धोका, बेइमानी वा झुटको खेतीमा रमाउने
म कटु इतिहास हुँ यो देशको !

निमुखा जनतालाई वर्गीय मुक्तिको पाठ पढाउने
अनि क्रान्तिका नाउँमा बारबार तिनकै बलि चढाउने
र, तिनकै लासमाथि आफ्नो महल ठड्याउने
म कटु इतिहास हुँ यो देशको !

०००
मैले जिउन जानिनँ (२०७८)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छिमेकी

छिमेकी

मीनप्रसाद लामिछाने
अभिसप्त बुढ्यौली

अभिसप्त बुढ्यौली

मीनप्रसाद लामिछाने
पूजापाठ

पूजापाठ

मीनप्रसाद लामिछाने
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
कुकुर पत्ता लाग्यो

कुकुर पत्ता लाग्यो

मीनप्रसाद लामिछाने
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x