सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

म इतिहास हुँ यो देशको !

सदियौँदेखि द्वेष, विभाजन वा फुट दल, त्यसभित्र गुट अनि उपगुट र, धोका, बेइमानी वा झुटको खेतीमा रमाउने म कटु इतिहास हुँ यो देशको !

Nepal Telecom ad

मीनप्रसाद लामिछाने :

किसान हकअधिकारका कुरा गर्ने
भीमदत्त पन्तको टाउको काट्ने
विदेशमा कमाएको रेमिटेन्स विदेशीसँग अन्नमा साट्ने
र, आफूलाई ‘कृषि प्रधान देश’ भनेर कहिल्यै नथाक्ने
म कटु इतिहास हुँ यो देशको !

जङ्गबहादुरहरूको जय गाउने
भीमसेन थापाहरूले चैँ सजाय पाउने
अनि शहीद र शहीद बनाउनेहरूलाई एकसाथ माला लाउने
म कटु इतिहास हुँ यो देशको !

राष्ट्रियता र जनजीविकाको भर्‍याङ चढेर सत्तामा जाने
आफ्ना आसेपासेहरू समेतलाई छानी छानी लाने
र, मिलाएर आलोपालो यो देशको सर्वश्व खाने
म कटु इतिहास हुँ यो देशको !

सदियौँदेखि द्वेष, विभाजन वा फुट
दल, त्यसभित्र गुट अनि उपगुट
र, धोका, बेइमानी वा झुटको खेतीमा रमाउने
म कटु इतिहास हुँ यो देशको !

निमुखा जनतालाई वर्गीय मुक्तिको पाठ पढाउने
अनि क्रान्तिका नाउँमा बारबार तिनकै बलि चढाउने
र, तिनकै लासमाथि आफ्नो महल ठड्याउने
म कटु इतिहास हुँ यो देशको !

०००
मैले जिउन जानिनँ (२०७८)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जस्तालाई त्यस्तै

जस्तालाई त्यस्तै

मीनप्रसाद लामिछाने
अन्तरवार्ता (प्रहसन)

अन्तरवार्ता (प्रहसन)

मीनप्रसाद लामिछाने
केही फरक पर्दैन

केही फरक पर्दैन

मीनप्रसाद लामिछाने
सुन्दिनँ म तिम्रा कविता

सुन्दिनँ म तिम्रा कविता

मीनप्रसाद लामिछाने
अन्तरवार्ता

अन्तरवार्ता

मीनप्रसाद लामिछाने
अङ्ग्रेजी भाषाप्रतिको मोह

अङ्ग्रेजी भाषाप्रतिको मोह

मीनप्रसाद लामिछाने
ब्रह्मलुट

ब्रह्मलुट

वसन्त सापकाेटा
राजधानीमा बस

राजधानीमा बस

गोपीचन्द्र कार्की
मायाको बिस्कुन

मायाको बिस्कुन

भावकेशर बराल
प्रेमको हाटबजार !

प्रेमको हाटबजार !

गायत्री परिरोशनी
0
Would love your thoughts, please comment.x
()
x