सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

एकादेशको कथा

जाल भित्रबाट भङ्गेराहरू भन्दै थिए “सिकारी आउँछ, अनाज देखाउँछ जाल बिछाउँछ, नजानु है सिकार बनाउँछ” कतै हामी नै त होइनौँ, ती भङ्गेराहरू ?

Nepal Telecom ad

मीनप्रसाद लामिछाने :

एकादेशको कथा हो
सायद कसैको व्यथा यो

भङ्गेराहरूको बथान थियो
सबैले एउटै गल्ती गर्थे
उहि ठाउँ उस्तै सिकारी
एकमुठ्ठी अनाजको लोभमा परेर
पालैपालो पासोमा पर्थे र मर्थे

भिक्षाटन गर्न जान्थ्यो एउटा साधु
सधैं त्यहि समय त्यहि बाटो
देखेर भङ्गेराहरूको कुबुद्धि
उसको मनमा ठेस लाग्यो
भङ्गेराहरू प्रति दया जाग्यो

जम्मा गरेर भङ्गेराहरूलाइ ज्ञान दियो
जो प्राणरक्षाको लागि जरुरी थियो
“सिकारी आउँछ, अनाज देखाउँछ
जाल बिछाउँछ, नजानु है
सिकार बनाउँछ”

भङ्गेराहरूले सहमति जनाए
साधु पनि खुसी भयो
अब भङ्गेराहरू बच्ने भए

भोलिपल्ट बिहानै साधु भिक्षाटन गर्न गयो
सदाझैँ, समय र बाटो त्यही थियो
आज पनि एकहुल भङ्गेराहरू आए
र, हेर्दा हेर्दै जालमा परे

जाल भित्रबाट भङ्गेराहरू भन्दै थिए
“सिकारी आउँछ, अनाज देखाउँछ
जाल बिछाउँछ, नजानु है
सिकार बनाउँछ”

कतै हामी नै त होइनौँ,
ती भङ्गेराहरू ?

०००
हेटौंडा -४

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
अन्तरवार्ता

अन्तरवार्ता

मीनप्रसाद लामिछाने
अङ्ग्रेजी भाषाप्रतिको मोह

अङ्ग्रेजी भाषाप्रतिको मोह

मीनप्रसाद लामिछाने
काका, यो शहर हो !

काका, यो शहर हो...

मीनप्रसाद लामिछाने
झगडा

झगडा

मीनप्रसाद लामिछाने
बकपत्र

बकपत्र

मीनप्रसाद लामिछाने
म इतिहास हुँ यो देशको !

म इतिहास हुँ यो...

मीनप्रसाद लामिछाने
हाँसो र हाँसो दिवस !

हाँसो र हाँसो दिवस...

हाेमनाथ घिमिरे
जो भेटे पनि यी झम्टिन्छन्

जो भेटे पनि यी...

रमेश खकुरेल
नाइटो महात्म्य

नाइटो महात्म्य

तिलकराज शर्मा पाैडेल
धन महिमा

धन महिमा

सुशील रिजाल