साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एकादेशको कथा

जाल भित्रबाट भङ्गेराहरू भन्दै थिए “सिकारी आउँछ, अनाज देखाउँछ जाल बिछाउँछ, नजानु है सिकार बनाउँछ” कतै हामी नै त होइनौँ, ती भङ्गेराहरू ?

Nepal Telecom ad

मीनप्रसाद लामिछाने :

एकादेशको कथा हो
सायद कसैको व्यथा यो

भङ्गेराहरूको बथान थियो
सबैले एउटै गल्ती गर्थे
उहि ठाउँ उस्तै सिकारी
एकमुठ्ठी अनाजको लोभमा परेर
पालैपालो पासोमा पर्थे र मर्थे

भिक्षाटन गर्न जान्थ्यो एउटा साधु
सधैं त्यहि समय त्यहि बाटो
देखेर भङ्गेराहरूको कुबुद्धि
उसको मनमा ठेस लाग्यो
भङ्गेराहरू प्रति दया जाग्यो

जम्मा गरेर भङ्गेराहरूलाइ ज्ञान दियो
जो प्राणरक्षाको लागि जरुरी थियो
“सिकारी आउँछ, अनाज देखाउँछ
जाल बिछाउँछ, नजानु है
सिकार बनाउँछ”

भङ्गेराहरूले सहमति जनाए
साधु पनि खुसी भयो
अब भङ्गेराहरू बच्ने भए

भोलिपल्ट बिहानै साधु भिक्षाटन गर्न गयो
सदाझैँ, समय र बाटो त्यही थियो
आज पनि एकहुल भङ्गेराहरू आए
र, हेर्दा हेर्दै जालमा परे

जाल भित्रबाट भङ्गेराहरू भन्दै थिए
“सिकारी आउँछ, अनाज देखाउँछ
जाल बिछाउँछ, नजानु है
सिकार बनाउँछ”

कतै हामी नै त होइनौँ,
ती भङ्गेराहरू ?

०००
हेटौंडा -४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छिमेकी

छिमेकी

मीनप्रसाद लामिछाने
अभिसप्त बुढ्यौली

अभिसप्त बुढ्यौली

मीनप्रसाद लामिछाने
पूजापाठ

पूजापाठ

मीनप्रसाद लामिछाने
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
कुकुर पत्ता लाग्यो

कुकुर पत्ता लाग्यो

मीनप्रसाद लामिछाने
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x