साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बकपत्र

हो श्रीमान् हेर्नोस् त मेरो घाँटीमा निलडाम अझैँ छ म दलका नीति, सिद्धान्त र आदर्शले बाँधिएर घाइते भएको र मेरा नेताले त्यसैमा टेकेर भोग विलास र ऐश्वर्यको यात्रा तय गरेकै हो ।

Nepal Telecom ad

मीनप्रसाद लामिछाने :

यतिबेला म समयको कठघरामा उभिएर
बयान दिइरहेको छु
म जे बोल्छु साँचो साँचो बोल्छु
साँचो सिवाय केही पनि बोल्दिनँ ।

हो श्रीमान्
मैले बिगारेको हो यो देश
मेरै उत्पादन हुन् यी भ्रष्टाचारीहरू
मैले आफ्ना क्षणिक स्वार्थलाइ सर्वश्व ठानेको
भोट हाल्नु अघि मैले नेताको नैतिकता नजाँचेकै हो ।

हो श्रीमान्
मान्छे भएर मैले विवेक प्रयोग गर्नु पर्थ्याे, गरिनँ
मैले आफ्ना बेइमान नेताहरूलाई भगवान ठानेको
र तिनकै निर्देशनमा विपक्षीलाइ ढुङ्गा हानेकै हो ।

हो श्रीमान्
खै किन म यति धेरै अन्धो बनें आफैंलाई थाहा छैन
म यी भ्रष्ट र बेइमान नेताहरूको हनुमान बनेको
र, आँखा चिम्लेर मैले यीनका गोबरलाइ गुँदपाक भनेकै हो ।

हो श्रीमान्
नेताले कहिले कसिलो हात मिलायो
कहिले पिठ्युँमा धाप मारेर आत्मियता जनायो भनेर मख्ख पर्दै म बसेँ
मौका छोपेर ऊ सहर पस्यो, अवसरका ढोका उघार्‍यो
र हेर्दा हेर्दै उसले ससुराली पट्टिका सात पुस्ता र मावली पट्टिका नौ पुस्ता सुधार्‍यो ।

हो श्रीमान्
हेर्नोस् त मेरो घाँटीमा निलडाम अझैँ छ
म दलका नीति, सिद्धान्त र आदर्शले बाँधिएर घाइते भएको
र मेरा नेताले त्यसैमा टेकेर भोग विलास र ऐश्वर्यको यात्रा तय गरेकै हो ।

हो श्रीमान्
म स्याललाई लखेटेर बाली सुरक्षित भयो अब भन्दै मस्त सुतेँ
मौका छोपेर एकहुल बाँदरहरू पसेर मेरो बाली सखाप पारेको
र तिनैले मलाई आज यसरी सडकमा झारेको हो ।

०००
हेटौंडा 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छिमेकी

छिमेकी

मीनप्रसाद लामिछाने
अभिसप्त बुढ्यौली

अभिसप्त बुढ्यौली

मीनप्रसाद लामिछाने
पूजापाठ

पूजापाठ

मीनप्रसाद लामिछाने
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
कुकुर पत्ता लाग्यो

कुकुर पत्ता लाग्यो

मीनप्रसाद लामिछाने
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
0
Would love your thoughts, please comment.x
()
x