सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बकपत्र

हो श्रीमान् हेर्नोस् त मेरो घाँटीमा निलडाम अझैँ छ म दलका नीति, सिद्धान्त र आदर्शले बाँधिएर घाइते भएको र मेरा नेताले त्यसैमा टेकेर भोग विलास र ऐश्वर्यको यात्रा तय गरेकै हो ।

Nepal Telecom ad

मीनप्रसाद लामिछाने :

यतिबेला म समयको कठघरामा उभिएर
बयान दिइरहेको छु
म जे बोल्छु साँचो साँचो बोल्छु
साँचो सिवाय केही पनि बोल्दिनँ ।

हो श्रीमान्
मैले बिगारेको हो यो देश
मेरै उत्पादन हुन् यी भ्रष्टाचारीहरू
मैले आफ्ना क्षणिक स्वार्थलाइ सर्वश्व ठानेको
भोट हाल्नु अघि मैले नेताको नैतिकता नजाँचेकै हो ।

हो श्रीमान्
मान्छे भएर मैले विवेक प्रयोग गर्नु पर्थ्याे, गरिनँ
मैले आफ्ना बेइमान नेताहरूलाई भगवान ठानेको
र तिनकै निर्देशनमा विपक्षीलाइ ढुङ्गा हानेकै हो ।

हो श्रीमान्
खै किन म यति धेरै अन्धो बनें आफैंलाई थाहा छैन
म यी भ्रष्ट र बेइमान नेताहरूको हनुमान बनेको
र, आँखा चिम्लेर मैले यीनका गोबरलाइ गुँदपाक भनेकै हो ।

हो श्रीमान्
नेताले कहिले कसिलो हात मिलायो
कहिले पिठ्युँमा धाप मारेर आत्मियता जनायो भनेर मख्ख पर्दै म बसेँ
मौका छोपेर ऊ सहर पस्यो, अवसरका ढोका उघार्‍यो
र हेर्दा हेर्दै उसले ससुराली पट्टिका सात पुस्ता र मावली पट्टिका नौ पुस्ता सुधार्‍यो ।

हो श्रीमान्
हेर्नोस् त मेरो घाँटीमा निलडाम अझैँ छ
म दलका नीति, सिद्धान्त र आदर्शले बाँधिएर घाइते भएको
र मेरा नेताले त्यसैमा टेकेर भोग विलास र ऐश्वर्यको यात्रा तय गरेकै हो ।

हो श्रीमान्
म स्याललाई लखेटेर बाली सुरक्षित भयो अब भन्दै मस्त सुतेँ
मौका छोपेर एकहुल बाँदरहरू पसेर मेरो बाली सखाप पारेको
र तिनैले मलाई आज यसरी सडकमा झारेको हो ।

०००
हेटौंडा 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
अन्तरवार्ता

अन्तरवार्ता

मीनप्रसाद लामिछाने
अङ्ग्रेजी भाषाप्रतिको मोह

अङ्ग्रेजी भाषाप्रतिको मोह

मीनप्रसाद लामिछाने
काका, यो शहर हो !

काका, यो शहर हो...

मीनप्रसाद लामिछाने
झगडा

झगडा

मीनप्रसाद लामिछाने
एकादेशको कथा

एकादेशको कथा

मीनप्रसाद लामिछाने
म इतिहास हुँ यो देशको !

म इतिहास हुँ यो...

मीनप्रसाद लामिछाने
हाँसो र हाँसो दिवस !

हाँसो र हाँसो दिवस...

हाेमनाथ घिमिरे
जो भेटे पनि यी झम्टिन्छन्

जो भेटे पनि यी...

रमेश खकुरेल
नाइटो महात्म्य

नाइटो महात्म्य

तिलकराज शर्मा पाैडेल
धन महिमा

धन महिमा

सुशील रिजाल