साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आधुनिक रामायण

बैरीको बुई चढेर बाउको बेइज्जती गर्नेहरू स्वाभिमान र स्वायत्तताको नारा उरालेर सिंहदरबारको हरियो खर्कमा घुमीघुमी चर्नेहरू लोकतन्त्रको झाम्रे नाच देखाउन आमाको चीरहरण गर्दैछन् ।

Nepal Telecom ad

भोजराज घिमिरे ‘मुखाले’ :

एकातिर-
रत्नाकरहरू वाल्मीकि बनेर
लेखिरहेछन् रामायण-
पद, पावर र पैसाको ।

अर्कातिर-
वाल्मीकिहरू रत्नाकर बनेर
लेखिरहेछन् – रामायण
जातीयताको/विखण्डनको ।

विभीषणले बाँडेको
डलरको डसनामा पलेँटी कसेर
ह्विस्कीको चुस्की लिँदै
रत्नाकर र वाल्मीकिहरू
आमनेसामने बसेर सल्लाह गरीगरी
लेख्दैछन्- आधुनिक रामायण !

कपटी कैकेयीको लहैलहैमा लागेर
जोइटिङ्ग्रे दशरथ
काठमाडौंमा घर बनाउन कतार जान्छ
रिसाहा धोबीको कुरा सुनेर
सन्काहा रामचन्द्रे
सद्दे स्वास्नीको जिउमा आगो लगाएर
बहादुरी देखाउँछ
मन्दोदरीहरूका वैँशमा
माकुराको जालो लाएर
घनटाउके रावण
वनमा कन्दमूल खाएर गुजारा चलाएकी
रुन्चे सीतालाई फकाउँछ ।

बम र बन्दुक बोक्दाबोक्दा
कलकलाउँदो उमेर खुइल्याएका
बबुरा बाँदरहरूलाई
पाँ-पाँच वर्षसम्म पिँजडामा राखेर कुँज्याएपछि
‘अयोग्य’ भनेर बिचल्ली पार्ने
स्वार्थी हनुमान्
‘मुक्ति’ टावरबाट पुच्छर झुण्ड्याएर
कहिले पाखुरा सुर्केर
कहिले जुँगामा ताउ लाएर
सहरमा बल्छी थापेर बस्छ ।

बैरीको बुई चढेर
बाउको बेइज्जती गर्नेहरू
स्वाभिमान र स्वायत्तताको नारा उरालेर
सिंहदरबारको हरियो खर्कमा घुमीघुमी चर्नेहरू
लोकतन्त्रको झाम्रे नाच देखाउन
आमाको चीरहरण गर्दैछन् ।

हो,
यस्तै-यस्तै कथाहरूले भरिनेछ
त्यो आधुनिक रामायण !

०००
चित्त दुखेको ओखती (२०७१)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
प्रोफेसर भाइरल

प्रोफेसर भाइरल

भोजराज रेग्मी ‘मुखाले’
भुक्तमान नेपाली

भुक्तमान नेपाली

भोजराज रेग्मी ‘मुखाले’
भ्यागुताको भ्यासेक्टोमी

भ्यागुताको भ्यासेक्टोमी

भोजराज रेग्मी ‘मुखाले’
चङ्खे र नक्कली

चङ्खे र नक्कली

भोजराज रेग्मी ‘मुखाले’
पाँच थप्पड

पाँच थप्पड

भोजराज रेग्मी ‘मुखाले’
छोप्ने भर्सेस् देखाउने

छोप्ने भर्सेस् देखाउने

भोजराज रेग्मी ‘मुखाले’
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x