साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्रष्टाचार

अर्थहीन हुने व्यक्ति, अड्डा धाओस् निरन्तर । त्यसका कर्मको पालो, आउँदैन कसै गर ॥ आत्माको तम नासेमा, ज्ञान खुल्छ सरासर । सबैमा जम्छ उल्लास, ताप चिन्ता हटी पर ॥

Nepal Telecom ad

दीनानाथ पोखरेल :

जो बुझ्ने राख्छ सामर्थ्य, त्यो सद्भाव बढाउँंछ ।
विकास गतिमा बाधा, भ्रष्टाचार पुर्‍याउँछ ॥०१॥

आत्मामा भ्रष्टता छोपी, अरूमा दोष पोख्दछ ।
भ्रष्टले भ्रष्ट नै रोज्छ, प्रजाका हक खोस्दछ ॥०२॥

भ्रष्टाचार बढे देश, नग्न कङ्गाल बन्दछ ।
विधिमा दाग रोपेर, ऊ ऐनमाथि चढ्दछ ॥०३॥

विधिका हीनको कर्म, सबैमा दुःख भर्दछ ।
देशको उन्नति गर्ने, चाहना नित्य मार्दछ ॥०४॥

भ्रष्टता शत्रु हो हाम्रो, छेक्छ नित्य समुन्नति ।
आँखा हो शान्ति सत्कर्म, हाम्रो उदय उन्नति ॥०५॥

अवैध कामको दाम, छाती नित्य जलाउँछ ।
सुखका स्रोत मासेर, सन्ताप हर्हराउँछ ॥०६॥

अर्काका धनको लोभ, गर्ने दुष्ट कहाउँछ ।
अर्काका मनको बोझ, हर्ने बुद्ध भनाउँछ ॥०७॥

अड्डाका काममा बाधा, अर्थले नै गराउँछ ।
झुटो सत्य भनी काम, अर्थले नै गराउँछ ॥०८॥

भ्रष्टले जातिको मान, शान अग्रजको थुनी ।
आफन्तसँगको नाता, तोड्छ त्यो दुष्टझैं बनी ॥०९॥

अर्थहीन हुने व्यक्ति, अड्डा धाओस् निरन्तर ।
त्यसका कर्मको पालो, आउँदैन कसै गर ॥१०॥

व्यक्तिका मान सम्मान, भ्रष्टले ध्वस्त गर्दछ ।
भावना शून्यभै आफू, नोटले पेट भर्दछ ॥११॥

हिजोका भ्रष्टतापूर्ण, सारा कर्म हटून् पर ।
सारा मानवको दर्द, हर्दै नित्य रमोस् जग ॥१२॥

आत्माको तम नासेमा, ज्ञान खुल्छ सरासर ।
सबैमा जम्छ उल्लास, ताप चिन्ता हटी पर ॥१३॥

दुष्ट दुर्गुणले युक्त, भ्रष्टाचार हटाउन ।
सबैको ध्येय एकै होस्, जन्मभूमी बचाउन ॥१४॥

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धवृद्धा सबै …

वृद्धवृद्धा सबै …

दीनानाथ पाेखरेल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दीनानाथ पाेखरेल
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

दीनानाथ पाेखरेल
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x