साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गधागिरी

भन्नुको आशय यो थियो— गधागिरीमा लाग्नु । यही नै गधा प्रवृत्ति रहेछ । नेतारूपी एक किसिमको दिमागी सनक चढेको मानिसको पछि लागेर सोचविचार नगरी नाराजुलुस गर्दै हिँड्नु पनि गधागिरी नै रहेछ ।

Nepal Telecom ad

भाउपन्थी :

गधाचिन्तनका लागि दिनरात खटियो तर सिफलता पाइएन । गधा हुनु नै लेखेको रहेनछ भनेर चिन्तन छाडूँनै लागेको त्यसै बेला गधा फुर्‍यो । गधाहरू आफ्नै ढबका हुन्छन् । फुर्नु के थियो, गधाले लात्तले हानेको अनुभव भयो । भनियो— चिन्तनमा गधा जातिको अपमान नहोस् । तर चिन्तमा दत्तचित्त बनेर लाग्दाखेरि पहिलो पक्तिपछि अर्को फुरेन । गधा चिन्तनमा गधाले सङ्कट पैदा गरिरहेको छ । सङ्कट फुकाउन गधा खोज्न कता जानु । गधा भेटियो भने उसको मानसम्मान गरेपछि उसले चिन्तनमा आइलागेको सङ्कट फुकाइदिन्थ्यो होला । ठ्याक्कै चोरबाटोबाट यो सोच आयो— छेवैमा एक नेता छन् उनैलाई समात्ने हो कि ? यसो भन्दा नेताहरू सबैलाई गधा मान्यो यसले भनेर नेता जाति जङ्गिने पो हुन् कि ?

यस्तो आतङ्कित पार्ने विचार आइहाले पनि नेतालाई छाडिहाल्ने विचार गरिएन । त्यसो गर्दा यो सामान्य व्यङ्ग्य ठहरिन जान सक्थ्यो— अचेलका नेता व्यङ्ग्य उत्पादक छन् भने नेतामाथि प्रहार नगरेको व्यङ्ग्य पनि के व्यङ्ग्य भनेर । नेतालाई जसले पनि गधा भनेर व्यङ्ग्य गर्छ भन्ने स्थापना हुने थियो । तर आश्चर्यको कुरो यो थियो— आफूलाई अनेक किसिमले टाढाका र नजिकका छिमेकीहरूले गधा बनाएको पीडा नेताहरूमा देखिएको छैन । तथापि तिनलाई ठाडै गधा नभनेर अरू थोकै भन्नलाई पनि उपयुक्त उदाहरण देखिएन । तिनको कामै त्यस्तो देखियो ।

तर नेताको प्रसङ्ग छाडौँ, गधालाई गधा भन्नुमा कुनै चमत्कार छैन । तर गधा चिन्तन बढाउनलाई एक न एक दिन गधा सामग्री कसो नभेटिएला भनेर पर्खिरहियो । समय बित्न दिनु थिएन । खोजिपस्दा वास्तवमा गधाहरू वरपर धेरै थिए । पहेँलोजति सुन हो भने्र भन्न नसकिएझैँ भेटिएका जति गधै हुनु भन्न सकिन्नथ्यो । अप्ठेरो यो थियो, तिनलाई गधै भनेर टिक्न ती दुई खुट्टामा उभिएका हुन्थे । दुईखुट्टे गधा ! सम्झनामा यत्ति थियो— आफैँ गधा भएको । बाउले काम बिराएर झोँक जाग्यो भने भनिहाल्थे— ‘तँ गधाको छोरालाई !’ उनमा सन्तान सुखी र बुद्धिमान् होऊन् भन्ने वात्सल्य भावना ओतप्रोत थियो त्यसैले आफू पनि ‘तँलाई गधाको छोरो !’ भनेर निर्लज्जतापूर्वक गधा भइटोपल्थे । ‘बा तपाईं पनि गधा हुनुभो’ भन्ने साहस हुँदैनथ्यो तर मुसुमुसु हाँसेको देखेर अझ ‘हाँस्छस् गधा !’ भनेर उनले पिट्न तर्खरिएको भावमा हात उज्याउँथे । तर अहिले त बा पनि छैनन् बाको समात्ने लौरो पनि छैन तर गधाहरू छन् । बाका गधाहरू विलुप्त भएका छैनन् ।

बालाई गधाको सन्दर्भमा सम्झनु उचित छैन तर गधाको सन्तति चलिरहेछ । यसमा बाको दोष छैन । उनले ठानेका थिए गधा सन्तति टुटुयो । किनभने उनलाई गधाहरूलाई ‘गधा’ भनीभनी गाली गरेर सुधारेँ भन्ने भ्रम थियो । कारण यो थिया, उनी पनि ‘साग र सिस्नु खाएको सोझो मनले’ भन्ने पुर्खाका सन्तान थिए । अहिले आएर पो मुलुकका खोलानाला बेच्ने जन्मिए । ती नै नेता भए । अरू त अरू गनाउने टुकुचा समेत नदीनाला बेचिएपछि मुलुकमा एउटा आशङ्का प्रबल रूपमा जन्मियो, अब आफ्नै खोलानालाको पानी पनि किनेर खान पर्ने पो हो कि ? त्यस्तो भय जागेपछि पब्लिकले मुलुकका शासक-प्रशासक, मन्त्री-प्रधानमन्त्रीहरूलाई हेर्न थाले । तर यहाँ पनि उनै थिए— गधाहरू ।

तिनलाई स्पष्ट रूपमा गधा भनिनहाले पनि मनले गधा नै गधा देख्यो । दृष्टिदोष हो यो भनेर आँखा अस्पताल गयो आँखा जँचाउन । त्यहाँ भनियो— यो एउटा दृष्टिभ्रम रोग हो । मानिस चार खुट्टा टेक्ने गधा हुन सब्तैन यद्यपि ऊ गधागिरी गर्ने एक प्रकारको दुईखुट्टे जीव हुन सक्छ । यिनलाई जोजो उच्च शासक प्रशासक बनेका छन् मन्त्रीप्रधानमन्त्री भएका छन् तिनलाई उच्च नस्लका गधा पनि भन्न सकिन्छ । आँखा जाँच्ने डाक्टर पनि अलि दार्शनिक रहेछ । दर्शन उसको प्रिय विषय रहेछ र त दर्शन शक्तिको उपचारमा लागेको रहेछ । डाक्टरले भन्यो— ‘नआत्तिनुस्, गधा देख्ने प्रवृत्तिले मुलुकलाई ढाकेको छ । यसलाई गधा प्रवृत्ति भन्नु उपयुक्त हुन्छ । आपूm बाहेक अरू सबैलाई गधा देख्ने शासकीय परम्परा छ । समाजमा यो प्रवृत्ति पनि व्याप्त छ ।’ दृष्टि उपचारकले दिएको यो बोध मूल्यवान् नै थियो तापनि चित्त नबुझेपछि गधा प्रवृत्ति के रहेछ भनेर खोसलखातल गर्न उद्यत भइयो । किनभने आँखाको डाक्टरले गधा प्रवृत्ति भनेर जिज्ञासा जगाइदिएको थियो ।

गधा प्रवृत्ति भन्नु खासै अनौठोको रहेनछ । गधा नभएर त्यसको प्रवृत्ति अपनाउनु मात्र रहेछ । भन्नुको आशय यो थियो— गधागिरीमा लाग्नु । यही नै गधा प्रवृत्ति रहेछ । नेतारूपी एक किसिमको दिमागी सनक चढेको मानिसको पछि लागेर सोचविचार नगरी नाराजुलुस गर्दै हिँड्नु पनि गधागिरी नै रहेछ । जनतादले पछि गएर पछुताउनु पनि पर्ने रहेछ त्यो गधागिरीले । कारण यो रहेछ— चप्पल फट्कारेर हिँड्ने मानिस नेताको रूपमा परिचित भएपछि र सत्तामा स्थापित भएपछि उसले अनेक गरेर गधा प्रवृत्ति झन् उग्र रूपमा देखाउँदो रहेछ । ढोकामा उसले म भ्रष्टाचार गर्दिनँ भन्ने वाक्य लेखेर झुन्ड्याइएको भए पनि भित्र उसको कोठामा भ्रष्टाचारले कमाएको अकूत सम्पत्ति थुप्रिएको हुने रहेछ । उसका नातागोता मात्र पदमा बस्ने रहेछन् । समानुपातिक समावेशी भनिने जालोमा पारेर नेताले करोडौँको व्यापार गर्ने रहेछ । खोलानाला पहाडटाकुरा सबै सस्तोमा बेचेर ऊ आफू चाहिँ राष्ट्रभक्तिको नारा घन्काउने रहेछ ।

(यस्तो थियो गधागिरीको उच्च नमुना । मुलुक सम्पूर्ण दुखेर चिच्च्याइरहेको हुन्छ, आर्तनाद गरिरहेको हुन्छ तर…। अब यसपछि थप्नु पर्ने कुरो केही छैन । जसजसलाई दुखेको छ उनीहरू बहुसंख्यामा छन् । तर कानमा तेल हालेर सुतिरहनेहरूको निद्रा अझ प्रगाढ हुँदो छ ।)

०००
घट्टेकुलो, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आमाको अदालत

आमाको अदालत

नन्दलाल आचार्य
चंखेको खसी खाने जुक्ति

चंखेको खसी खाने जुक्ति

सुरेशकुमार भट्ट
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
कुबेर सुकुम्बासी

कुबेर सुकुम्बासी

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x