सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

मै मत्ता नेता

भाले मात्र कहाँ उस्ता ? पोथि बास्दछे साथमा मान्छेको मोल तोकेर, अर्बाैँ झार्दछे गाथमा लोकमा लोकतन्त्रको, ढ्याङ्ग्रो गजो ठटार्दछन् गजो भाँच्न खोजे यिन्ले, चल्ला जस्तै बटार्दछन् ।

Nepal Telecom ad

गोपेन्द्रप्रसाद रिजाल :

उडुस, उपियाँ, जुम्रा, लिखा, चम्कना जाग्दछन्
किर्ना, खुम्ले किरा बन्दै, नेताले देश हाँक्दछन ।
दाह्रा छन् कोखमा यिन्का, ओठमा तेल घस्दछन्
बोरा, ट्याङ्का भरी पैसा, निमुखा ज्यामी फस्दछन् ।

आम्मामा घरका टौवा, टोपी झर्ने उँभो हेरे
नव सामन्तको ढर्रा, खपी नसक्नु भो हरे ।
चारै शिर भए ब्रह्मा, तिनोटा टाउका भए
कसका ठिमाहा हुन यी, वणर्शंकरमा गए ?

मन्त्रालय पस्यो मन्त्री, लेखा पहिले हेर्दछ
दुले बन्दुक साथमा, हिँड्दा साइरन घेर्दछ ।
राष्ट्रमा आगोको लप्का, झन् मट्टीतेल छर्दछ
थुप्रो खरानी पारेर, ढेँडु नाच उफार्दछ ।

नाङ्गो चरित्र बोकेर, साधुको ढोग गर्दछ
नाङ्गै छस तँ भन्यो फेरि, भन्ने निरीह मर्दछ ।
डुक्रन्छ साँढे हो नेता, जुरो लरक्क पार्दछ
देखे कोरली नेताले, अरु जुरे लगार्दछ ।

भाले मात्र कहाँ उस्ता ? पोथि बास्दछे साथमा
मान्छेको मोल तोकेर, अर्बाैँ झार्दछे गाथमा
लोकमा लोकतन्त्रको, ढ्याङ्ग्रो गजो ठटार्दछन्
गजो भाँच्न खोजे यिन्ले, चल्ला जस्तै बटार्दछन् ।
बस्  !!

०००
मैतीदेवी, काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
पोइटिङ्ग्री

पोइटिङ्ग्री

गाेपेन्द्रप्रसाद रिजाल
बूढो उमेर

बूढो उमेर

गाेपेन्द्रप्रसाद रिजाल
च्वाँचे र बाहुन

च्वाँचे र बाहुन

गाेपेन्द्रप्रसाद रिजाल
यात्रा

यात्रा

गाेपेन्द्रप्रसाद रिजाल
बिराली र सत्ता

बिराली र सत्ता

गाेपेन्द्रप्रसाद रिजाल
हाम्रा बा

हाम्रा बा

गाेपेन्द्रप्रसाद रिजाल
के बेच्न बाँकी छ र !

के बेच्न बाँकी छ...

हरिप्रसाद रिमाल
धरोधर्म गर्छु (२३)

धरोधर्म गर्छु (२३)

डिल्लीप्रसाद मूलतिहुन
पानीमाथिका सपनाहरू

पानीमाथिका सपनाहरू

केशव ज्ञवाली ‘आगत’
बेताल छ

बेताल छ

प्रकाश अर्याल ख
कौडी जिन्दगी

कौडी जिन्दगी

पुन्य कार्की
चञ्चल मन

चञ्चल मन

विष्णुहरि पाैडेल