साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मै मत्ता नेता

भाले मात्र कहाँ उस्ता ? पोथि बास्दछे साथमा मान्छेको मोल तोकेर, अर्बाैँ झार्दछे गाथमा लोकमा लोकतन्त्रको, ढ्याङ्ग्रो गजो ठटार्दछन् गजो भाँच्न खोजे यिन्ले, चल्ला जस्तै बटार्दछन् ।

Nepal Telecom ad

गोपेन्द्रप्रसाद रिजाल :

उडुस, उपियाँ, जुम्रा, लिखा, चम्कना जाग्दछन्
किर्ना, खुम्ले किरा बन्दै, नेताले देश हाँक्दछन ।
दाह्रा छन् कोखमा यिन्का, ओठमा तेल घस्दछन्
बोरा, ट्याङ्का भरी पैसा, निमुखा ज्यामी फस्दछन् ।

आम्मामा घरका टौवा, टोपी झर्ने उँभो हेरे
नव सामन्तको ढर्रा, खपी नसक्नु भो हरे ।
चारै शिर भए ब्रह्मा, तिनोटा टाउका भए
कसका ठिमाहा हुन यी, वणर्शंकरमा गए ?

मन्त्रालय पस्यो मन्त्री, लेखा पहिले हेर्दछ
दुले बन्दुक साथमा, हिँड्दा साइरन घेर्दछ ।
राष्ट्रमा आगोको लप्का, झन् मट्टीतेल छर्दछ
थुप्रो खरानी पारेर, ढेँडु नाच उफार्दछ ।

नाङ्गो चरित्र बोकेर, साधुको ढोग गर्दछ
नाङ्गै छस तँ भन्यो फेरि, भन्ने निरीह मर्दछ ।
डुक्रन्छ साँढे हो नेता, जुरो लरक्क पार्दछ
देखे कोरली नेताले, अरु जुरे लगार्दछ ।

भाले मात्र कहाँ उस्ता ? पोथि बास्दछे साथमा
मान्छेको मोल तोकेर, अर्बाैँ झार्दछे गाथमा
लोकमा लोकतन्त्रको, ढ्याङ्ग्रो गजो ठटार्दछन्
गजो भाँच्न खोजे यिन्ले, चल्ला जस्तै बटार्दछन् ।
बस्  !!

०००
मैतीदेवी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कालो कोट

कालो कोट

गाेपेन्द्रप्रसाद रिजाल
चटनी

चटनी

गाेपेन्द्रप्रसाद रिजाल
स्वार्थ

स्वार्थ

गाेपेन्द्रप्रसाद रिजाल
फुलमन्त्रीले रक्सी छाड्यो रे…

फुलमन्त्रीले रक्सी छाड्यो रे…

गाेपेन्द्रप्रसाद रिजाल
पुरोहित बाको टुपी

पुरोहित बाको टुपी

गाेपेन्द्रप्रसाद रिजाल
खुकुरीः अहिंसा र टोपी

खुकुरीः अहिंसा र टोपी

गाेपेन्द्रप्रसाद रिजाल
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x