साइबर अपराध सम्बन्धी सचेतना सामग्री

परिणाम हो !!

अडिने जलको भित्री भागमा छ घडा खडा चुहुने पीँधको हुन्न काम लाग्ने कुनै घडा! दृश्यका तनको वस्त्र च्यातिने हुन्छ जीवन खुला स्पन्दन होस् नाङ्गो सच्चा जीवनको पन !!

Nepal Telecom ad

कलानिधि दाहाल :

अपार पारमा पार सार यो परिणामको
दृश्य अदृश्यमा दृश्य अन्तरा धामभित्रको!
व्यक्त अव्यक्तमा व्यक्त विश्वासी नवकामको
हुन्छ हुन्न कतै दौडी आफ्नै अन्तर धामको !!

न यात्रा जिन्दगी हुन्छ न हुन्छ भीड जिन्दगी
जिन्दगी जिन्दगी हुन्छ सफा अन्तर जिन्दगी !
बाहिरी ढोलको ढाल न सान व्यवहारको
जिन्दगी जिन्दगी हुन्छ भित्रकै अन्त:सारको !!

मान्छेभित्र यता खेलेँ खेलेँ यो जगबाहिर
जम्मै सामग्री छन् हल्का सुकेका स्थूल बाहिर !
पाउमा नृत्य राखेर हल्ला हल्लेर हल्हल
जिन्दगी जिन्दगी हुन्न सुनी यो कर्ण खल्बल !!

छाल समुद्रको छल्का छाल समुद्र होइन
हल्का मानिसका दृश्य दृश्य जीवन होइन !
घनाच्छादित देखिन्छ तर यो वन होइन
शृङ्गारिक सबै सज्जा देखिने तन होइन !!

समुद्र गहिरो हुन्छ जहाँ समुद्र हुन्छ यो
तरङ्ग तालका भित्री गहिराइ रहन्छ यो !
जरा अदृश्यका टाढा फिँजिने वन हुन्छ यो
सच्चा सौन्दर्यका दिव्य दीपमा मन हुन्छ यो !!

सीमा सङ्कीर्णको हुन्छ सीमा यो हुन्न जिन्दगी
धर्म विभेदमा हुन्छ धार्मिक हुन्न जिन्दगी !
राजनीति छ आक्रोश कोशमा हुन्न जिन्दगी
खुला आकाशझैँ हुन्छ रोषमा हुन्न जिन्दगी !!

अडिने जलको भित्री भागमा छ घडा खडा
चुहुने पीँधको हुन्न काम लाग्ने कुनै घडा!
दृश्यका तनको वस्त्र च्यातिने हुन्छ जीवन
खुला स्पन्दन होस् नाङ्गो सच्चा जीवनको पन !!

अँध्यारो शिर नै हुन्छ दागको परिचायक
भूषको भारमा हुन्छ जीवन त्यो अनाहक !
ओठहाँसो हुने हुन्न परिचायक जिन्दगी
दिलहाँसो खुले हुन्छ जिन्दगीभित्र जिन्दगी !!

दृश्य अदृश्यमा हर्ष स्फटिकको छ यो धन
भौतिक बस्तु हो केही तर यो हुन्न जीवन !
जिन्दगी जिन्दगीजस्तै खोलूँ छाती खुलूँ मन
पवित्र अन्तरा नै हो सर्वस्व जिन्दगी धन !!

०००
कलेकुटी, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कुरूप हुन्न सुन्दर !!

कुरूप हुन्न सुन्दर !!

कलानिधि दाहाल
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x