साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुराको कुरौनी

लगाएर चुस्की गरी बात चर्का बजाएर चुट्की थुकी पिच्च जर्दा । सपार्थ्यो कुराले भने देशलाई जिती सक्दथ्यो देश यो विश्वलाई जलाई घरै बेच्दछन् जो खरानी कुरौटेहरूको छ यस्तै कहानी ।

Nepal Telecom ad

रुद्र ज्ञवाली :

बिना छेउ टुप्पो कुरा जोती राख्छन्
बसी हात बाँधी कुरा मात्र खोक्छन्
कुरा छोप्न छन् पोख्त जानी नजानी
कुरौटेहरूको छ यस्तै कहानी ।

गफाडीहरूका कुरै ठुल्ठुला छन्
गफाष्टी गफै मात्रले बाघ मार्छन्
नपाए कुरा काट्न पर्छन बिरामी
कुरौटेहरूको छ यस्तै कहानी ।

मिसाई कुरामा कुरा रल्ल पार्छन्
कुराले टिपीे जून तारा खसाल्छन्
तिलस्मी अनौठा कुरा गर्न नामी
कुरौटेहरूको छ यस्तै कहानी ।

कुराको छ ओढ्ने कुराकै बिछ्यौना
कुराकै सिरानी कुराकै छ तन्ना
छ व्यापार चुक्ली र पेशा गुलामी
कुरौटेहरूको छ यस्तै कहानी ।

कुराकै मदानी कुराकै छ नौनी
कुराकै मिठाईँ कुराकै कुरौनी
छ आफ्नै प्रसंशा र आफ्नै फुटानी
कुरौटेहरूको छ यस्तै कहानी ।

लगाएर चुस्की गरी बात चर्का
बजाएर चुट्की थुकी पिच्च जर्दा
छुल्याहा हुल्याहा मुल्याहा डफानी
कुरौटेहरूको छ यस्तै कहानी ।

सपार्थ्यो कुराले भने देशलाई
जिती सक्दथ्यो देश यो विश्वलाई
जलाई घरै बेच्दछन् जो खरानी
कुरौटेहरूको छ यस्तै कहानी ।

लुटेरा लुटाहा र जाली मवाली
लिलामी गरी देश खान्छन् दलाली
हिँडेको सबै देख्छु आफ्नै मलामी
कुरौटेहरूको छ यस्तै कहानी ।

०००
भैरहवा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x