सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

अवसरवादी प्रवृत्ति

छेपारो झैँ रङ्ग फेर्न नहच्किने बानी सिद्धान्तले जे नै भनोस् पद मिलेमा खानी । कर्कलाको पानी जस्तो नेताज्यूको चाल अवसरवादी प्रवृत्तिको यस्तै नै छ हाल ॥

Nepal Telecom ad

डा. लोकेन्द्रप्रसाद पौड्याल :

राजनीतिमा पसेपछि
नशा लागेसरी
बाँचुन्जेलको कुर्सीमोह
ज्यानै फाल्ने गरी

निर्दल हुँदा पञ्चायतमा
कुराकानी ठिक्क
सत्ता ढल्दा रातारातै
बहुदल चिटिक्क

मौका छोप्दै कोल्टे फेर्ने
बिना आनाकानी
सदावहार सक्रियता
अवसर जानिजानी

छेपारो झैँ रङ्ग फेर्न
नहच्किने बानी
सिद्धान्तले जे नै भनोस्
पद मिलेमा खानी

कर्कलाको पानी जस्तो
नेताज्यूको चाल
अवसरवादी प्रवृत्तिको
यस्तै नै छ हाल ॥

०००
काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
अभियान

अभियान

डा. लोकेन्द्रप्रसाद पौड्याल
अर्काको छोरो

अर्काको छोरो

डा. लोकेन्द्रप्रसाद पौड्याल
दिनचर्या

दिनचर्या

डा. लोकेन्द्रप्रसाद पौड्याल
घरज्वाइँ

घरज्वाइँ

डा. लोकेन्द्रप्रसाद पौड्याल
काल

काल

डा. लोकेन्द्रप्रसाद पौड्याल
चौरासी

चौरासी

डा. लोकेन्द्रप्रसाद पौड्याल
म मसिने चाेर

म मसिने चाेर

गाेपेन्द्रप्रसाद रिजाल
छिर्ने अरूका घर

छिर्ने अरूका घर

मुक्तिनाथ शर्मा
सिटामोल र बुद्ध

सिटामोल र बुद्ध

प्रमोद स्नेही