सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

अर्काको छोरो

किन यस्तो विभेदग्रस्त मानिसको जात ? उसले “हामी” भन्दापनि मालिक हुन्न साथ सिद्धान्त भन्नुुपर्दा मान्छे बराबरी तर ऊ चैँ पराई रे व्यवहार अर्कोथरी ॥

Nepal Telecom ad

डा. लोकेन्द्रप्रसाद पौड्याल :

घरायसी कामको बोझ
काँँधमा एकोहोरो
नाई भन्न नपाउने
ऊ अर्काको छोरो ।

मालिक पुत्र स्कुल जाँदा
उसको झोला बोक्छ
मौकापर्दा फाट्टफुट्ट
उसकै होमवर्क घोक्छ ।

मालिक पुत्र मोबाइल खेल्छ
ऊ हेरेर बस्छ
उसको पनि रहर होला
तर मन कस्छ ।

ऊ भोकाए घरैभित्र
कसाैँडी भात कुर्छ
मालिक पुत्र भोकाएमा
फास्ट फुडमा दगुुर्छ ।

बरालिन्छ मालिक पुत्र
ध्यान दिँदैन पढ्न
त्यही मौका उसले पाए
सक्थ्यो अघि बढ्न

घरको कामको सहयोगी
ऊ अर्काको छोरो
कति थकित हुुँदोहोेला
खट्दा एकोहोरो ?

ढिलो भए वचन खान्छ
“काम गर्दैन मोरो”
किताब छुुन पाउँदैन
ऊ अर्काको छोरो ।

किन यस्तो विभेदग्रस्त
मानिसको जात ?
उसले “हामी” भन्दा पनि
मालिक हुन्न साथ ।

सिद्धान्त भन्नुुपर्दा
मान्छे बराबरी
तर ऊ चैँ पराई रे
व्यवहार अर्कोथरी ॥

०००
काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
अभियान

अभियान

डा. लोकेन्द्रप्रसाद पौड्याल
अवसरवादी प्रवृत्ति

अवसरवादी प्रवृत्ति

डा. लोकेन्द्रप्रसाद पौड्याल
दिनचर्या

दिनचर्या

डा. लोकेन्द्रप्रसाद पौड्याल
घरज्वाइँ

घरज्वाइँ

डा. लोकेन्द्रप्रसाद पौड्याल
काल

काल

डा. लोकेन्द्रप्रसाद पौड्याल
चौरासी

चौरासी

डा. लोकेन्द्रप्रसाद पौड्याल
म मसिने चाेर

म मसिने चाेर

गाेपेन्द्रप्रसाद रिजाल
छिर्ने अरूका घर

छिर्ने अरूका घर

मुक्तिनाथ शर्मा
सिटामोल र बुद्ध

सिटामोल र बुद्ध

प्रमोद स्नेही