साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अर्काको छोरो

किन यस्तो विभेदग्रस्त मानिसको जात ? उसले “हामी” भन्दापनि मालिक हुन्न साथ सिद्धान्त भन्नुुपर्दा मान्छे बराबरी तर ऊ चैँ पराई रे व्यवहार अर्कोथरी ॥

Nepal Telecom ad

डा. लोकेन्द्रप्रसाद पौड्याल :

घरायसी कामको बोझ
काँँधमा एकोहोरो
नाई भन्न नपाउने
ऊ अर्काको छोरो ।

मालिक पुत्र स्कुल जाँदा
उसको झोला बोक्छ
मौकापर्दा फाट्टफुट्ट
उसकै होमवर्क घोक्छ ।

मालिक पुत्र मोबाइल खेल्छ
ऊ हेरेर बस्छ
उसको पनि रहर होला
तर मन कस्छ ।

ऊ भोकाए घरैभित्र
कसाैँडी भात कुर्छ
मालिक पुत्र भोकाएमा
फास्ट फुडमा दगुुर्छ ।

बरालिन्छ मालिक पुत्र
ध्यान दिँदैन पढ्न
त्यही मौका उसले पाए
सक्थ्यो अघि बढ्न

घरको कामको सहयोगी
ऊ अर्काको छोरो
कति थकित हुुँदोहोेला
खट्दा एकोहोरो ?

ढिलो भए वचन खान्छ
“काम गर्दैन मोरो”
किताब छुुन पाउँदैन
ऊ अर्काको छोरो ।

किन यस्तो विभेदग्रस्त
मानिसको जात ?
उसले “हामी” भन्दा पनि
मालिक हुन्न साथ ।

सिद्धान्त भन्नुुपर्दा
मान्छे बराबरी
तर ऊ चैँ पराई रे
व्यवहार अर्कोथरी ॥

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
उर्जा

उर्जा

डा. लोकेन्द्रप्रसाद पौड्याल
पाँच वर्ष पर !

पाँच वर्ष पर !

डा. लोकेन्द्रप्रसाद पौड्याल
ससुराली टेन्डर

ससुराली टेन्डर

डा. लोकेन्द्रप्रसाद पौड्याल
आशिर्वादको दुलो

आशिर्वादको दुलो

डा. लोकेन्द्रप्रसाद पौड्याल
मुलाईजा

मुलाईजा

डा. लोकेन्द्रप्रसाद पौड्याल
आमा…

आमा…

डा. रमेश शुभेच्छु
आमा

आमा

प्रल्हाद पोखरेल
कस्तो मायाँ लाग्छ, आमा

कस्तो मायाँ लाग्छ, आमा

बिनुबाबा घिमिरे
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
शीतल जल र तातो खुराक

शीतल जल र तातो...

डा. पशुपति फुयाल
0
Would love your thoughts, please comment.x
()
x