साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ठूलो माछा पहेंलै भाछ सुन निलेर होला

माछा भ्याकुता सर्प सखाप पार्नै पर्छ यो देशमा महलबाट ती ठूला माछा भुइँमा झराए साथी हो ।

Nepal Telecom ad

मरूभूमि नारायण :

पानी पऱ्यो खोलो सुक्यो माछा हराए साथी हो
दायाँबायाँ रमिता हेर्ने भ्याकुता डराए साथी हो ।

ठूलो माछा पहेंलै भाछ सुन निलेर होला सायद
गोठालो भैंसी चोरहरू जोडले कराए साथी हो ।

भ्रष्टहरू उपरखुट्टी लाउँदा को खुशी नहोला खै
दुई दिने हिरोलाई मान्छेले मन पराए साथी हो ।

खानुसम्म खाए देशै कङ्गाल बनाए अपराधीले
खाको अनि पचाको वाक वाक गराए साथी हो ।

माछा भ्याकुता सर्प सखाप पार्नै पर्छ यो देशमा
महलबाट ती ठूला माछा भुइँमा झराए साथी हो ।

कति आनन्द हुन्छ होला त्यो कालो कोठरीभित्र
जे होस् मुर्गालाई स्वर्गको यात्रा गराए साथी हो ।

०००
तनहुँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
सडकमा व्यापक तमासा छ

सडकमा व्यापक तमासा छ

मरुभूमि नारायण
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x