सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

जीवन झर्को र फर्को

दुःखमा चकलेट किन्ने मसँग पैसो पनि नहुँदा कति मन रोयो होला भन त नानी बाबु सम्झिँदा ।

Nepal Telecom ad

विश्वनाथ ढुङ्गेल :

मलाई यस्तो खान मनलाग्यो हुदैन बुढो भन्दछन्
खासखुस कुरा गरेर घरमा मेरो उमेर गन्दछन् ।१

मपनि घुम्न तिमीहरूसँगै जान्छु भनी सोध्दछु
व्यर्थै मन नमान्दा मेरो झर्को र फर्को रोज्दछु ।२

सोध्दैनन् केही किनकि उनका लागि म बुढो भएँ
हात पाउ छ तर पनि अडिग झैँ म मुढो भएँ ।३

सोच्ने शक्ति छैन कमी ममा भएर के पो गर्नु र
नबोली विरक्त छ मनमा आखिर हुँदैन के मर्नु र ।४

मै थिएँ ठूलो र बुझ्ने मेरो हुनेथ्यो खाँचो
मै बोल्थेँ रमझम गरी मेरै बोलिथ्यो साँचो ।५

लाला र बालाका लागि म कस्तो पियारो थिएँ
जीवनका लहडमा दुःखका भाग पनि मैले पिएँ ।६

घाँस दाउरा पराल कुनिया कस्तो दुःखको बेला
सम्झिदा मन रुन्छनि मेरो भयोनि मनको हेला ।७

राम्रो लाउन खोजे पनि भन्छन् अब किन चाहियो
माया ममता स्नेह हुँदैन भने अरु के नै पो पाइयो ।८

टल्किने जुत्ता थिएनि मेरा साथी भन्दा कम थिइनँ
ती दिनका कुरा समजमा छोडिदिएँ लिइनँ ।९

दारी फुले कपाल फुले रङगाउन जोश चल्दछ
दुखका समुन्द्र पार गरेको सम्झिँदा होस खुल्दछ ।१०

दुःखमा चकलेट किन्ने मसँग पैसो पनि नहुँदा
कति मन रोयो होला भन त नानी बाबु सम्झिँदा ।११

पहाडले थिचेझैँ हुनेथ्यो ममा थिए धेर मनमा
बुढाको दर्जा दिएनि सबैले हाँसी खुशी छु तनमा ।१२

जोशमा कमी छैन नि मेरो आशा रूपी भावना
मङगल होस् शुभ होस् जनमा मेरो शुभकामना ।१३

०००
भक्तपुर

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
परदेशी छाेराकाे माया

परदेशी छाेराकाे माया

विश्वनाथ ढुङ्गेल
परदेशी छाेराकाे माया

परदेशी छाेराकाे माया

विश्वनाथ ढुङ्गेल
साठी नाघियो, हिमाल बने केशहरू !!

साठी नाघियो, हिमाल बने...

विश्वनाथ ढुङ्गेल
ईश्वर

ईश्वर

विश्वनाथ ढुङ्गेल
लाग्यो बुढ्यौली भनी

लाग्यो बुढ्यौली भनी

रामशरण न्याैपाने
भो जीवनी बञ्जर (५)

भो जीवनी बञ्जर (५)

हेम अधिकारी
आमाको चिठी

आमाको चिठी

लक्ष्मण गाम्नागे
मजा छ बुढ्यौली

मजा छ बुढ्यौली

भरत आचार्य
‘बा’ काव्यांश- (२२)

‘बा’ काव्यांश- (२२)

दीनानाथ पाेखरेल