साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जीवन झर्को र फर्को

दुःखमा चकलेट किन्ने मसँग पैसो पनि नहुँदा कति मन रोयो होला भन त नानी बाबु सम्झिँदा ।

Nepal Telecom ad

विश्वनाथ ढुङ्गेल :

मलाई यस्तो खान मनलाग्यो हुदैन बुढो भन्दछन्
खासखुस कुरा गरेर घरमा मेरो उमेर गन्दछन् ।१

मपनि घुम्न तिमीहरूसँगै जान्छु भनी सोध्दछु
व्यर्थै मन नमान्दा मेरो झर्को र फर्को रोज्दछु ।२

सोध्दैनन् केही किनकि उनका लागि म बुढो भएँ
हात पाउ छ तर पनि अडिग झैँ म मुढो भएँ ।३

सोच्ने शक्ति छैन कमी ममा भएर के पो गर्नु र
नबोली विरक्त छ मनमा आखिर हुँदैन के मर्नु र ।४

मै थिएँ ठूलो र बुझ्ने मेरो हुनेथ्यो खाँचो
मै बोल्थेँ रमझम गरी मेरै बोलिथ्यो साँचो ।५

लाला र बालाका लागि म कस्तो पियारो थिएँ
जीवनका लहडमा दुःखका भाग पनि मैले पिएँ ।६

घाँस दाउरा पराल कुनिया कस्तो दुःखको बेला
सम्झिदा मन रुन्छनि मेरो भयोनि मनको हेला ।७

राम्रो लाउन खोजे पनि भन्छन् अब किन चाहियो
माया ममता स्नेह हुँदैन भने अरु के नै पो पाइयो ।८

टल्किने जुत्ता थिएनि मेरा साथी भन्दा कम थिइनँ
ती दिनका कुरा समजमा छोडिदिएँ लिइनँ ।९

दारी फुले कपाल फुले रङगाउन जोश चल्दछ
दुखका समुन्द्र पार गरेको सम्झिँदा होस खुल्दछ ।१०

दुःखमा चकलेट किन्ने मसँग पैसो पनि नहुँदा
कति मन रोयो होला भन त नानी बाबु सम्झिँदा ।११

पहाडले थिचेझैँ हुनेथ्यो ममा थिए धेर मनमा
बुढाको दर्जा दिएनि सबैले हाँसी खुशी छु तनमा ।१२

जोशमा कमी छैन नि मेरो आशा रूपी भावना
मङगल होस् शुभ होस् जनमा मेरो शुभकामना ।१३

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढ्याईं सङ्घर्ष

बुढ्याईं सङ्घर्ष

विश्वनाथ ढुङ्गेल
आमा (१)

आमा (१)

विश्वनाथ ढुङ्गेल
गर्छाैं पुकार

गर्छाैं पुकार

विश्वनाथ ढुङ्गेल
बुढेस कालमा रमाएर

बुढेस कालमा रमाएर

विश्वनाथ ढुङ्गेल
फलैंचाकाे बास !

फलैंचाकाे बास !

विश्वनाथ ढुङ्गेल
पापकाे भारी

पापकाे भारी

विश्वनाथ ढुङ्गेल
पाका तथा बालक छन् बिहाल

पाका तथा बालक छन्...

वेदप्रसाद रिजाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
पाका युवा बालक छन् बिहाल

पाका युवा बालक छन्...

चेवनचन्द्र बस्नेत
पाका युवा बालक छन् बिहाल !

पाका युवा बालक छन्...

घनश्याम रेग्मी
0
Would love your thoughts, please comment.x
()
x