साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुरुप कलङ्कित देशद्रोही

मुर्झाई रहेका कोपिलाहरू ब्रह्माण्ड नै पगाल्ने तेजी राप विक्षिप्त कोपरेर छिया छिया परेको कोमल काख मोहजालको पर्खाल चढेर आत्मसम्मानको सहारा झिक्नु हरुवा सिपाहीको गलेको हातले बन्दुकको निशानी भुलेझैँ ।

Nepal Telecom ad

भीम गौतम :


बलिरहेको दीप निभाउने
सुस्त सुस्त शब्द झिक्दै गरेको
तोतेबोली झिक्ने ओठमा
तीखा दाह्रा धस्ने
कलङ्कित नयाँ देशद्रोही ।

मुटु चस्किँदै
छाती च्यातिन्छ,
नशा नशाबाट
ज्वालामुखी विष्फोट हुन्छ,
अनि भन्न मन लाग्छ,
ऊ निसङ्कोच नग्न दृष्टिले
हेर्ने र हिँड्ने मान्छे ।
स्वीकार्दैन अन्तर्मनले
ऊ के हो ?
सास वा लाश… !

ढुङ्गे युग पार गरेर पनि
बिमारी झोला बोक्दै
निर्लज्ज वेश्या बेसुल्लो जस्तो
गाउँ छोड्दै सहर उक्लिएको
पहेंला दाँत

खाली पेटमाथि तीर हान्दै
समानता

विकासवाद उरेल्ने
विष्फोटका हवाई लञ्चर

निर्लज्ज चङ्गा उडाउने
कुरूप कलङ्ङ्कित देशद्रोही ।

मुर्झाई रहेका कोपिलाहरू
ब्रह्माण्ड नै पगाल्ने तेजी राप
विक्षिप्त कोपरेर
छिया छिया परेको कोमल काख
मोहजालको पर्खाल चढेर
आत्मसम्मानको सहारा झिक्नु
हरुवा सिपाहीको गलेको हातले
बन्दुकको निशानी भुलेझैँ
ऊ नालायक इतिहासमा नअट्ने
भिन्न रुपको ज्यूँदो लाश
दम्भ कलङ्कित नयाँ देशद्रोही ।

०००
भरतपुर, चितवन
नेतापाल (२०८०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
घैँटे शासक

घैँटे शासक

भीम गाैतम
आमा

आमा

भीम गाैतम
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x