साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म यहाँ छु

घुमन्ते, फिरन्ते, डुक्रन्ते, उफ्रन्ते सलहहरूका झ्याउँ झ्याउँले आजित छु । सलहले सलह खाने दिन आउनेछ, तब मैले बोल्नुपर्छ, लेख्नुपर्छ अहिलेलाई म नाटक‌अघि र पछि मञ्चबाहिर भ‌एका दृष्यहरू लुकेर हेरिरहेको छु ।

Nepal Telecom ad

संप्रस पाैडेल :

नमस्कार गर्दै आउँछ
हरियाली छाउँछु भन्छ
उल्लास ल्याउँछु भन्छ
ऊ ।

कुहिएका फर्सीहरूझैँ
आश्वासनको कुँडो खुवाउँछ
हामी हरिया घाँस खुवाएर विदाई गर्छौँ ।

उसका झुन्डभित्र पुगेर हरिया बान्ता गर्छ
सुन खाएर सुनै छेराएजस्तो
उसका अड्डाहरूमा आची पनि हरियै चुहाउँछ ।

अब हरिया वन मात्र होइन
नोट, राहदानी
बगर, नदी अनि
पूरातात्विक सम्पदा
सबै हसुर्न थाल्छ ।

नाइके, अगुवा, अभियन्ता, प्रशारक
दूत, ‘एम्बेस्डर’, ‘आइकन’ बनेर
भुइँ मान्छेका पेटहरू निचोरेर
तिनै वस्तुहरू उसको मुखबाट उकेर्न थाल्छ
रोमाञ्चक दृष्यमा ताली बजाइरहेका हुन्छौँ ।

फर्किँदा बडो शानले डकार्दै फर्किन्छ
यी यस्तै सलह अनेक रूपमा
हाम्रै वरिपरी घुमिरहेछन्
आजकाल
घुमन्ते, फिरन्ते, डुक्रन्ते, उफ्रन्ते
सलहहरूका झ्याउँ झ्याउँले आजित छु ।

सलहले सलह खाने दिन आउनेछ,
तब मैले बोल्नुपर्छ, लेख्नुपर्छ
अहिलेलाई म नाटक‌अघि र पछि
मञ्चबाहिर भ‌एका दृष्यहरू
लुकेर हेरिरहेको छु ।

०००
मकवानपुर, हेटाैँडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x