साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वासन्ती वागमा नाँचौँ !!

कुखुरोबाट बिहान आलस्यबाट मध्य दिन गाईबाख्राका पेटबाट गोधुली कर्‍याङ्कुरुङ्बाट अक्षर सङ्ला झर्नाबाट शान्ति जम्मै एकैपटक न कसैले माग गरे नाराजुलुसले न कसैले माग गरे धर्नाअवरोधले ...

Nepal Telecom ad

कलानिधि दाहाल :

निर्जन पहाडमा
सुख्खा पाखामा
सिक्रा रुखका शाखामा
सुकेका भीरहरूमा
पत्झड् वनपत्करमा
कसैले चालै नपाई
कसैलाई सङ्केत नै नदिई
रहस्यका अनन्त गर्तबाट
जसरी एकाएक अङ्कुरण हुन्छ
हरियाली छाउँछ
पल्लवित हुन्छ संसार
न हल्ला छन् कतै सुनेका
न नारा छन् कतै उठेका
न जुलुस छन् धर्ती चिरा पारेर
एक विरुद्ध
अर्को चित्कार चलेका
सुनसान
सुनसान
चकमन्न
मौन
मौनभित्र पनि
महान मौन
मानौँ हल्ला रोकेर दाँतहरूका
कम्पन हटाएर आङ्हरूका
भोक हटाएर निर्जन पहाडका
नाङ्गो छोपेर मख्मलले
पाखापर्वतहरूका
स्निग्ध
सौम्य
इन्द्रेणी मुस्कान छरेर सर्वत्र
सानो रहस्य निस्केको छ
सिङ्गो वसन्त !
न यस्तो गरेँमा
न उस्तो गरेँमा
ऊ जम्मै गरेर
चिबेबाट स्वरहरू
जुरेलीबाट सीपहरू
ढुकुरबाट प्रणयहरू
पिपिराबाट पेटहरू
हरिया घाँसबाट वस्त्रहरू
कोयलीबाट सङ्गीत
गिध्दबाट निशाना
बौडाइबाट वेग
कुखुरोबाट बिहान
आलस्यबाट मध्य दिन
गाईबाख्राका पेटबाट गोधुली
कर्‍याङ्कुरुङ्बाट अक्षर
सङ्ला झर्नाबाट शान्ति
जम्मै एकैपटक
न कसैले
माग गरे नाराजुलुसले
न कसैले
माग गरे धर्नाअवरोधले
न कसैले
माग गरे रेलिङ्माइक विस्फोटले
लिएर सर्व सौन्दर्यको उभार
सर्व चाहनाका सामानहरू
कुवेरपरी मुस्कान
एकैसाथ मुस्कुराउन लाग्दै छ
सिङ्गो वसन्त !!

०००
कलेकुटी, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नेता म मानूँ किन ??

नेता म मानूँ किन...

कलानिधि दाहाल
ब्वाँसाहरू !

ब्वाँसाहरू !

कलानिधि दाहाल
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
0
Would love your thoughts, please comment.x
()
x