सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

यो देश रक्षा गर

कैल्यै हुन्न सफा रहन्छ किन हो कालो सधैँ दालमा जे जे काम नहोस् भन्यो हृदयले त्यै हुन्छ नेपालमा एकातर्फ नदी छ किन्तु पुल त्यो हालिन्छ अर्कोतिर उल्टा छन् सब काम लौ न जनता यो देश रक्षा गर ।

Nepal Telecom ad

रुद्र ज्ञवाली :

बौझा खेत र फाँट छन् गफ भने नौतालका चुट्दछौँ
ढोका बन्द भए उता यदि भने भोकै यता मर्दछौँ
चिन्ता छैन कुनै छ-छैन घरमा खाद्यान्न या रासन
जर्दा पिच्च थुकी चिया पसलमा ठोक्छौँ बडा भाषण ।

राख्छौँ चाह लगान पाँच छ भने नाफा मिलोस् द्वादश
खाई फोकटको भरौँ उदर यो कन्दै बसौँ ठस्ठस
बाँझो खन्न र बीज छर्न नपरोस् बाली फलून् त्यत्तिकै
अर्कै मानिसले उपार्जन गरोस् हिस्सा मिलोस् यत्तिकै ।

खोज्छौँ केवल खोट मात्र र सधैँ गछौँ रुखा टिप्पणी
भाँच्दैनौँ तर स्वार्थहीन मनले छेस्को र सिन्को पनि
आफ्नो नाम स्वयम् सिफारिस गरी आफै छ सम्मानित
देखी चाल अचम्मको छ अहिले लज्जा स्वयम् लज्जित ।

रक्सी बन्छ चुरोट बन्छ तर खै बन्दैन धागो सियो
चर्पी जाम भयो भने पनि यहाँ खोज्छौँ कुनै एन्.जि.ओ
सोध्दैनौँ छ कि काम गर्न जहिल्यै चाहिन्छ भन्छौँ हक
राख्छौँ माग मिलोस् सुशासन भनी गर्छाैँ लिलामी मत ।

कैल्यै हुन्न सफा रहन्छ किन हो कालो सधैँ दालमा
जे जे काम नहोस् भन्यो हृदयले त्यै हुन्छ नेपालमा
एकातर्फ नदी छ किन्तु पुल त्यो हालिन्छ अर्कोतिर
उल्टा छन् सब काम लौ न जनता यो देश रक्षा गर ।

०००
भैरहवा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

रुद्र ज्ञवाली
तीन ठोक्तक

तीन ठोक्तक

रुद्र ज्ञवाली
प्रगतिवाद

प्रगतिवाद

रुद्र ज्ञवाली
खलपात्र

खलपात्र

रुद्र ज्ञवाली
घर्षणवाद

घर्षणवाद

रुद्र ज्ञवाली
कुराको कुरौनी

कुराको कुरौनी

रुद्र ज्ञवाली
राष्ट्रिय इमान-बे-इमान !

राष्ट्रिय इमान-बे-इमान !

गायत्री परिरोशनी
डुबोस् देश के भो म सत्ता नछाडूँ ।

डुबोस् देश के भो...

घनश्याम रेग्मी
म्याऊँम्याऊँ

म्याऊँम्याऊँ

टङ्कराज ढकाल ‘तितेपाती’
जिन्दगी

जिन्दगी

खगेन्द्र नेउपाने
आगो र पानी

आगो र पानी

देव भट्टराई (२)
के बेच्न बाँकी छ र !

के बेच्न बाँकी छ...

हरिप्रसाद रिमाल