साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यो देश रक्षा गर

कैल्यै हुन्न सफा रहन्छ किन हो कालो सधैँ दालमा जे जे काम नहोस् भन्यो हृदयले त्यै हुन्छ नेपालमा एकातर्फ नदी छ किन्तु पुल त्यो हालिन्छ अर्कोतिर उल्टा छन् सब काम लौ न जनता यो देश रक्षा गर ।

Nepal Telecom ad

रुद्र ज्ञवाली :

बौझा खेत र फाँट छन् गफ भने नौतालका चुट्दछौँ
ढोका बन्द भए उता यदि भने भोकै यता मर्दछौँ
चिन्ता छैन कुनै छ-छैन घरमा खाद्यान्न या रासन
जर्दा पिच्च थुकी चिया पसलमा ठोक्छौँ बडा भाषण ।

राख्छौँ चाह लगान पाँच छ भने नाफा मिलोस् द्वादश
खाई फोकटको भरौँ उदर यो कन्दै बसौँ ठस्ठस
बाँझो खन्न र बीज छर्न नपरोस् बाली फलून् त्यत्तिकै
अर्कै मानिसले उपार्जन गरोस् हिस्सा मिलोस् यत्तिकै ।

खोज्छौँ केवल खोट मात्र र सधैँ गछौँ रुखा टिप्पणी
भाँच्दैनौँ तर स्वार्थहीन मनले छेस्को र सिन्को पनि
आफ्नो नाम स्वयम् सिफारिस गरी आफै छ सम्मानित
देखी चाल अचम्मको छ अहिले लज्जा स्वयम् लज्जित ।

रक्सी बन्छ चुरोट बन्छ तर खै बन्दैन धागो सियो
चर्पी जाम भयो भने पनि यहाँ खोज्छौँ कुनै एन्.जि.ओ
सोध्दैनौँ छ कि काम गर्न जहिल्यै चाहिन्छ भन्छौँ हक
राख्छौँ माग मिलोस् सुशासन भनी गर्छाैँ लिलामी मत ।

कैल्यै हुन्न सफा रहन्छ किन हो कालो सधैँ दालमा
जे जे काम नहोस् भन्यो हृदयले त्यै हुन्छ नेपालमा
एकातर्फ नदी छ किन्तु पुल त्यो हालिन्छ अर्कोतिर
उल्टा छन् सब काम लौ न जनता यो देश रक्षा गर ।

०००
भैरहवा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x