साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेताहरू !

डाँडाका रवि-जून पश्चिम पुगी डुब्छन् अवश्यै दुवै तिम्रो चाल यही छ लाग्छ गणना होला कि उल्टो छिटै के ढिस्कानु,फलानु भन्नु भँडुवा,स्वार्थी सबै छौ दल नेता जन्मिनु पर्छ राष्ट्रगरिमा पार्ने सधैँ उज्ज्वल ! ।

Nepal Telecom ad

खोलाघरे साहिंलो

आफ्नो खाडल खन्न सक्षम बडा क्याब्बात नेताहरू !
तिम्रो स्वार्थ र ढेपले मुलुककै नाङ्गो भयो आबरु
लत्यायौ जनता, थुन्यौ मुलुकको निर्माण-बाटो पनि
आफैं नग्न हुने हठी रहरले खोल्यौ स्वयं कन्दनी ।१।

आफ्नै डम्फु बजाउने रहरमा ढाँटेर रैती सब
जो विश्वास थियो रसातल पुग्यो स्वप्ना भयो वैभव
तिम्रा कृत्य बुझेर दिक्क जनता, यो भूमि नै दिक्क छ
साँच्चैका बगरे भयौ मुलुकका नामूद नालायक ।२।

खोल्यौ आपस गोप्य लाज,घिनका,आरोपका पुन्तुरा
खोलेनौ तर आफु शक्ति गुटका प्याधा भएको कुरा
के आशा अब गर्नु खै मुलुकले ज्यादै गिरेकासित
के विश्वास रह्यो खुलेर छरिए तिम्रा सबै कर्तुत ?।३।

प्रायश्चित्त हुने म देख्तिन कतै बोली सबै ढाँटका
के मेट्ला र भविष्यले पनि कठै ! तिम्रा कलङ्की टीका
के भन्नेछ शहीदका रगतले के भन्छ यो देशले ?
के भन्ला त भविष्यले अनि कसो भन्लान् अरू देशले ? ।४।

डाँडाका रवि-जून पश्चिम पुगी डुब्छन् अवश्यै दुवै
तिम्रो चाल यही छ लाग्छ गणना होला कि उल्टो छिटै
के ढिस्कानु,फलानु भन्नु भँडुवा,स्वार्थी सबै छौ दल
नेता जन्मिनु पर्छ राष्ट्रगरिमा पार्ने सधैँ उज्ज्वल ! ।५।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
झोले

झोले

खोलाघरे साहिँलोे
आयो वर्ष नयाँ

आयो वर्ष नयाँ

खोलाघरे साहिँलोे
जुनी घर्किने भाे

जुनी घर्किने भाे

खोलाघरे साहिँलोे
भार्या भागवत

भार्या भागवत

खोलाघरे साहिँलोे
यता र उता

यता र उता

खोलाघरे साहिँलोे
हे कर्मठ युवा !

हे कर्मठ युवा !

खोलाघरे साहिँलोे
0
Would love your thoughts, please comment.x
()
x