साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मान्छे

रुङी जिन्दगीको घडी फिट्फिटे यो कसो के गरी पो सङालिन्छ मान्छे । रिले दौडमा झैँ हतारिन्छ मान्छे बिरामी सधैँझैँ लतारिन्छ मान्छे यसो गर्छु भन्दै उसो गर्छु भन्दै थलाको थलामै थचारिन्छ मान्छे ॥

Nepal Telecom ad

दिनेश पाण्डेय :

जपी नित्य पैसो चटारिन्छ मान्छे
पटाएर माया लठारिन्छ मान्छे
दिएको भनेको नपुग्दा नपुज्दा
हकारिन्छ मान्छे मठारिन्छ मान्छे ।

स्वयम् मुर्मुराई बटारिन्छ मान्छे
स्वयम् जुर्मुराई मडारिन्छ मान्छे
हिँडे हात धोई कसैका विरुद्ध
कुचो लाइएझैँ बढारिन्छ मान्छे ।

अरूका कुराले उरालिन्छ मान्छे
अरूकै कुरामा बरालिन्छ मान्छे
पिरोलिन्छ पेलिन्छ हेलिन्छ मान्छे
जुगौँ यत्तिकैमै रङेलिन्छ मान्छे ।

कतै चाड वेला रयालिन्छ मान्छे
कतै पर्व मेला रङालिन्छ मान्छे
रुङी जिन्दगीको घडी फिट्फिटे यो
कसो के गरी पो सङालिन्छ मान्छे ।

रिले दौडमा झैँ हतारिन्छ मान्छे
बिरामी सधैँझैँ लतारिन्छ मान्छे
यसो गर्छु भन्दै उसो गर्छु भन्दै
थलाको थलामै थचारिन्छ मान्छे ॥

रयालिनु =हुँडलिनु

०००
०८१/०१/०१

काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भताभुङ्ग भएछ देश

भताभुङ्ग भएछ देश

दिनेश पाण्डेय
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
कहाँ जिरा कहाँ नुन

कहाँ जिरा कहाँ नुन

दिनेश पाण्डेय
जलो चलो भलो हलो र फलो साथी

जलो चलो भलो हलो...

दिनेश पाण्डेय
टिकाकाे आशीर्वाद

टिकाकाे आशीर्वाद

दिनेश पाण्डेय
चाहिन्न भो ! मलाई

चाहिन्न भो ! मलाई

दिनेश पाण्डेय
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
​जिन्दगी के थाहा, बाँकी होला नै कति ?

​जिन्दगी के थाहा, बाँकी...

लक्ष्मण नेवटिया
चाहिन्न दाह्री कवि बन्नलाई

चाहिन्न दाह्री कवि बन्नलाई

कमला पन्थी अधिकारी
मन त फलामकै भए असल हुन्छ

मन त फलामकै भए...

हरिभक्त कटुवाल
लेखेर के हुन्छ र ?

लेखेर के हुन्छ र...

बालकृष्ण खनाल
ईश्वरहरुको युद्ध

ईश्वरहरुको युद्ध

भूपिन खड्का
0
Would love your thoughts, please comment.x
()
x