साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गाउँमै ठीक छन् कुकुरहरू

आफ्नै राष्ट्रभाषा आफै बुझ्दैनन् र समाचारपत्र र टेलिभिजनहरूमा बग्रेल्ती वेइज्जत लोकार्पण गर्छन् । सहर भनेको बेवास्ताको दरवार पो हो यहाँ जसले जे गरे छुट छ सिंह प्राकृतिक जङ्गलमा छन् र कुकुरहरू सिंहको अभिनय गरिरहेका छन् ।

Nepal Telecom ad

नदी भट्टराई :

पुरानै परम्परा हो
गाउँमा गाउँकै सुरक्षा कुकुरले पनि गर्दै आएका छन्
घरमा ठुला मान्छे नभएका बेला –
जङ्गली र घरपालुवा ठुला जनावर तथा भूतप्रेतबाट
बस्तुभाउ र स-साना केटाकेटी जोगाएर,
गाउँका कुकुरहरू
अत्यन्तै इमानदार र स्वामी भक्त हुन्छन्
गाउँमा गाउँकै मन्दिरको साधु र जोगी दुवै चिनेर मात्र भुक्छन्
तर सिंहदरवारका कुकुरहरू
माथि उल्लिखित कुनै शर्तमा लायक छैनन्
न पशुपतिनाथका साधु सन्त चिन्छन् !
न सिंहदरबारका नयाँ जोगी नै चिन्छन् !
आवश्यकता पनि नहुँदोरहेछ –
कुकुरले कुक्कुरलाई चिनिराख्नु पर्ने !
त्यहाँ स्वामीभक्त होइन
गाउँबाट भेष बदलेर परिवर्तनको धनीपूर्जा बोकी
शहर छिरेका ख्याउटे र दुब्ला कुकुरहरू नै
पहिला भक्तकुकुर भए
र पछि तिनै हालसम्म पनि स्वामी कुकुर भएका छन्
बरु भन्दा,
कुकुरहरू गाउँमै ठीक छन् ।

गाउँमा कुकुरहरू
निश्चित समयमा सृष्टिको सहवास गर्छन्
कुकुरहरू निर्भीक, स्वाभिमानी र मालिकको
हितको निम्ति स्वाधीन हुन्छन्
तर सिंहदरवारका कुकुरहरू
प्रत्येक पाँचतारे होटलमा सीसी क्यामेरा राखेर रासलीला गर्छन्
सिंहदरवारका कुकुरहरूको कुकुर नै अङ्गरक्षक छन्
किनकि उनीहरूले गाउँसम्म जाने विकासका
नसा नसामा तुर्क्याएका छन्
कुकुरहरूकै घाँटी सुर्क्याएका छन्
सोझा छाउरीहरूको कुमारीत्व च्यातेका छन्
बरु भन्दा ,
कुकुरहरू त गाउँमै ठीक छन् ।

गाउँमा –
कुकुरहरू आफ्ना कर्मको फल खान्छन्
मालिकको भाषा कुकुरले सुँघेर बुझ्छन्
दिसा गर्ने समय जानकारी गराउँछन्
सिमानाको अनवरत रक्षा गर्छन्
कहीँ कतै कमजोरी भ्ए कर्मप्रति
आत्मग्लानी पनि व्यक्त गर्छन्
तर,
सिंहदरवारका कुकुरहरू
कर्म गर्नका लागि राखिएका
सञ्चित धनको भाँडो नै बेचिदिन्छन्
सिमाना नै बेचिदिन्छन्
गाउँका कुकुर जस्तो सबै भाषा बुझ्ने हुँदैनन्
बरु आफ्नै राष्ट्रभाषा आफै बुझ्दैनन्
र समाचारपत्र र टेलिभिजनहरूमा
बग्रेल्ती वेइज्जत लोकार्पण गर्छन् ।
सहर भनेको बेवास्ताको दरवार पो हो
यहाँ जसले जे गरे छुट छ
सिंह प्राकृतिक जङ्गलमा छन् र कुकुरहरू
सिंहको अभिनय गरिरहेका छन्
त्यताका कुकुरहरू
देशभरि बाँड्न ठीक पारेको खाना विदेशी घरमा लुकाउन,
छाउरीहरूलाई गर्भवती बनाई मार्न
चारै दिसा आफ्ना वर्चश्व खडा गर्न
माहिर छन्
बरु भन्दा,
कुकुरहरू गाउँमै ठीक छन् ।

सिंहदरवारका कुकुरहरूले
बाह्रैमास भुकेर विश्वास नै गुमाएका छन्
भुक्नु उसको मोहनी हो
तर अब त्यो मोहनीमा भेँडाहरू फस्न छाडिसके
भुक्नेहरूको जत्था वर्तमानमा यता न उता !
तर गाउँका कुकुरहरू
आवश्यकतामा मात्र भुक्छन् र मूल्य छ
त्यसो त कुकुरहरू
समवेदना, सत्य निष्ठा र इमानदारको प्रतीक हो
गाउँमा कुकुरले इज्जत बचाउँछन्
तर त्यतातिरका कुकुरले बेइज्जत कमाउछन्
बरु भन्दा !
कुकुरहरू गाउँमै ठीक छन् ।

०००
इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x