सुशील रिजालयन्त्र मानव
हरुवा भँडुवा जति नायक छन् दुनियाँ मुनियाँ सरी गायक छन् । सुनकै सरि पीतलको गुण भो किन घाम वढेसरी शीतल भो कुन डाक्टर हो कविराज भन गर रोग निरोग निदान भन ।
सुशील रिजाल :
कति काल बिते अनि काल परे
परिवेश नयाँ तर जाल नयाँ
अब देश नयाँ मति भ्रान्त नयाँ
मति लिग्लिगको अबरोध नयाँ ।
रिस अग्नि फुकेपछि भस्म रह्यो
ममता समता पनि भ्रष्ट भयो
जब भौतिक नैतिक राज भयो
छि छि यान्त्रिक मानव लाज भयो ।
कलिकाल छलीसँग मस्त भयो
कविता सवितासँग त्रस्त भयो
हरुवा भँडुवा जति नायक छन्
दुनियाँ मुनियाँ सरी गायक छन् ।
सुनकै सरि पीतलको गुण भो
किन घाम वढेसरी शीतल भो
कुन डाक्टर हो कविराज भन
गर रोग निरोग निदान भन ।
कविको कविता किन शान्त हुने
दिन रात हुने अधिकार रुने
नर-मा-नव-मा नव दानव छान्
नर-वा-नरमा दुविधा अब छन् ॥
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest




































