साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धुवाँको किस्ती राजधानी

उडन्ते कथाका लगाएर नारा गरे व्यर्थ फन्डा भुली भाइचारा भएको सबै स्रोत पार्दै खरानी धुवाँ गुम्सिएको छ यो राजधानी ।

Nepal Telecom ad

घनश्याम रेग्मी :

भिरे कोट झोला र सत्ता सिरानी
छ नेतृत्व यो खोल्न सक्ने बिहानी
धुलो युद्धमोर्चा निसासिन्छ जस्तो
धुवाँयुक्त किस्ती अहो! राजधानी ।१

खने शैल सारा गिराए पहाड
बुझी नोट नेता चढेका जहाज
कुरा एक सानो ठुलो पार्छ तानी
यही काइदाले बन्यो राजधानी ।२

सधैँ चाकरी चाप्लुसीमा रमायो
छ खेती घटेको भिखारी बनायो
युगौँदेखि पाल्दै यही धूर्त बानी
त्यसै घाउमा पिल्सियो राजधानी ।३

कुरा काट्नमात्रै जुटेका कुरौटे
सधैँ पाउ मल्ने यहाँ छन् भरौटे
गरी खानपर्दा हुने मान हानि
यिनै जन्तु पाली बसिन् राजधानी ।४

उडन्ते कथाका लगाएर नारा
गरे व्यर्थ फन्डा भुली भाइचारा
भएको सबै स्रोत पार्दै खरानी
धुवाँ गुम्सिएको छ यो राजधानी ।५

जहाँ मानवी मूल्यको छैन भाउ
घुस्याहा तथा भ्रष्टको आउजाउ
थियो फूलबारी कता व्यस्त थानी
र यो घुम्छ जाँतो बिना लाग्छ मानी ।६

०००
हाल : बैजनाथ -१ चिसापानी, बाँके

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
मञ्जु रेग्मी
मञ्जु रेग्मी
2 years ago

साच्चै धूवाँ धूलोकाे किस्ती झै राजधानी काठमाडौं

Nepal Telecom ad
पाकाहरूबाट सिकौँ (२)

पाकाहरूबाट सिकौँ (२)

घनश्याम रेग्मी
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
1
0
Would love your thoughts, please comment.x
()
x