चूडामणि रेग्मीभमरा ! कालका मुखमा परिस् !
तिनले कालो रात बिताएका छन् यस्ता रातमा तिनी कालकवलित पनि भएका छन् वा काल-नागद्वारा डसिएका छन् । गफडी त भमरो-वेदनामा आत्मसात् भएर मात्र भमरो भएको छ ।

चूडामणि रेग्मी :
पूर्वका मोतीराम भनेर चिनिनु भएका चूडामणि रेग्मी ‘युगज्ञान’ कालमा निकै रौसिएर हास्यव्यङ्ग्य्य लेख्नु हुन्थ्यो । ‘गजवाष्टक’ आठश्लोके व्यङ्ग्य्य कविताको सँग्रह र ‘गफडीका गफ’ त्यही कालखण्डका दसी हुन् । ‘युगज्ञान’ मा छापिने ‘गजवाष्टक’ वा ‘गफडीका गफ’, ‘मि. झप्पुसिं’, विवेचनामा छापिने ‘एैँसेलुको झाङमुनि’ जस्ता स्तम्भले पञ्चायतकालीन विद्रूपताको लेथ्नु काडेका थिए । मोराश -मि.झप्पुसिं डबल एम.ए.) नकुल काजी -सत्यवाद केशरी), व्यङ्ग्य्य ऋषि -चूडामणि रेग्मी), होम सुवेदी, अनिकाले ओझा, माधव भँडारीहरूले त्यो बेला उचालेको हास्यव्यङ्ग्य्यको झण्डा झापातिर अझै फरफराइरहेको छ । त्यसैले अहिले पनि कोमल पोखरेल, होम सुवेदी, चूडामणि वशिष्ठ, गङ्गाप्रसाद अधिकारी, विनोद खनाल हुँदै पछिल्लो पुस्ताका खगेन्द्र नेउपानेसमेत पङ्क्तिबद्ध भएर लेथ्नु काड्ने कार्यमा सरिक छन् । अघिल्लो पुस्ताका अगुवा चूडामणि रेग्मी अर्थात ‘व्यङ्ग्य्य ऋषि’का तात्कालीन व्यङ्ग्य्यको स्वाद नवपुस्तालार्ई दिने गरी ‘गफडीका गफ’बाट केही बान्की फित्कौलीले उठाउने सोच बनाएको छ । नकुल काजी लगायत नयाँ पुराना सबै झापाली हास्यव्यङ्ग्य्यकारहरूलार्ई फित्कौलीमा जोड्ने प्रयत्न जारी छ । – सम्पादक ।
रात बित्नेछ
रात्रिर्गमिष्यति भविष्यति सुप्रभातम् भास्वानुदेष्यति हसिष्यति पङ्कजश्रीः इत्थम् विचिन्तयति कोषगते. द्विरेफे हा हान्त ! हन्त ! नलिनीम् गज उज्जहार । गफडी आज भँमरो भएको छ र भमरोको वेदनाले ऊ भरिपूर्ण भएको छ । ए भमरो-गफडी ! वास्तवमा, तैले रसिकतामा कमलसँग नाता जोडिस् । फूलसँग नाता नजोडे के भमरो ! के रसिक ! सौन्दर्यप्रेमीले, रसिकले सौन्दर्यमा रसमय हुनुपर्छ त्यसैले भमरो रसिक छ र कमलमा लठ्ठ छ, परन्तु कमल विहान फुल्छ, राति ऊ सङ्कुचित कमलमा आफू थुनिएर मरेको छ। आशा छ यो रात वित्नेछ । अँध्यारो चुक जस्तो रात अवश्य बित्नेछ । यो दुनियाँलाई डस्ने रात सधै रहिरहने छैन ।
विहान हुनेछ
कहाँको इतिहासले भन्छ- रात रहिरहनेछ ? कहाँको इतिहासले भन्दैन- विहान कहिल्यै हुनेछैन ? विहान अवश्य हुनेछ । अँध्यारो रातका दुःख, पिर, चिन्ता नयाँ विहानीमा हट्नेछन् । यस सन्सारमा हिट्लरी रात हटे भने वोकासे-रात पनि रहेनन् । एक सय चार वर्षका रात यहाँ खत्तम भए । इदि अमिनीय एक युगीन लाग्ने एक देशकै काल रात पनि यहाँ रहेनन् । विधवाका काला रात यहाँ बितेका छन् । रात बितेपछि नव सुप्रभात आएको इतिहास छ यहाँ । म गफडीका लागि पनि एउटा चिरप्रतीक्षित विहानी आउनेछ जुन विहानीमा यो नेपाली आकाश उज्यालो हुनेछ, यो उच्च हिमाल पनि साँच्चै हाँस्नेछ र यहाँको खेती झिलिमिली हुनेछ, सारा जनता प्रसन्त हुनेछन् ।
झलमल्ल घाम लाग्नेछ !
यहाँ अज्ञानले ढाकेको छ, अँध्याराले खाएको छ । यहाँ शोषण व्याप्त छ र यहाँ पछाडिने रोगले महामारी चलाएको छ । के भमरो आशा गर्दैन- जब रात बित्लेछ, विहान हुनेछ तब यस धर्तीमा झलमल घाम लाग्नेछ। अवश्य यहाँ झलमल घाम लाग्नेछ । घामको उज्यालाले यहाँ मान्छेले ‘आँखा’ देख्नेछन्, अविद्या र अज्ञानताले यसरी दुनियाँलाई ड्याक्नेछैन । झलमल घाम लागेर यो स्वर्णिम धर्तीमा एउटा सुनौलो सन्सार कायम हुनेछ, यहाँ अवश्य घाम लाग्नेछ ।
कोपिलामा बन्द छ
विहानी घामका झुल्कामा कमल फुल्नेछ भन्ने आशामा नै म कोपिलामा बन्द भएको छु। तिर्खा मैले भनेको छैन, दुःख मैले भनेको छैन । यस रमाइलो सन्सारमा अरूले मोज-मज्जा गरेको अवस्थामा तैपनि म कोपिलामा बन्द छु कारण, म चाहन्छु यहाँ विहानी आओस्, झलमल घाम लागोस्, यस नयाँ घाममा कमल फुलोस्, यहीं रमाइलो र उज्यालो होस् मात्र यही चिन्ता छ। चिन्तना छ मात्र रात बित्नेछ, विहान हुनेछ, घाम लाग्नेछ, अनि फुलेको कमलको शोभा चारैतिर फैलनेछ ।
हात्तीले बितायो !!
यस्तो चिन्तन गर्ने भमरो बसेको कमललाई विहान आएर काल जस्तो हात्तीले उखेलिदियो रे र भमराका सपना चकनाचुर भए रे। एक जना कवि भन्छन्- गफडी डराउँछ हात्तीहरूदेखि । हे भमरा हो। तिमी जति कल्पनाशील छौ, जति स्वप्नशील छौ त्यत्ति यहाँ विघ्नकारी छन् यी हात्ती काल हुन्, यिनबाट बचेर यहाँ कल्पना गर्नुपर्छ । रात कटाउनुपर्छ र उज्यालो विहानीको प्रतीक्षा गर्नुपर्छ ।
पातमा पात ! बातमा बात !
गफडी भमरो भयो- पातमा पात भए झै बातमा बात हुँदा गफडी ठान्छ- यहाँ गफडीभन्दा सयौ गुना राम्रा र उत्तम भमरा छन्, तिनले कालो रात बिताएका छन् यस्ता रातमा तिनी कालकवलित पनि भएका छन् वा काल-नागद्वारा डसिएका छन् । गफडी त भमरो-वेदनामा आत्मसात् भएर मात्र भमरो भएको छ । कालकवलित पीडित भमराको वेदनामा ऊ चुर्लुम्मिएको छ, तिनको त्यागबाट ऊ द्रवीभूत भएको छ । लौ त ! एक कविको सिलोकको गफ यहीं तुरूं । जय भमरा । आगे फेरि ।
०००
युगज्ञान वर्ष ११, अङ्क ५- २०३६
Subscribe
Login
0 Comments
Oldest







































