साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भमरा ! कालका मुखमा परिस् !

तिनले कालो रात बिताएका छन् यस्ता रातमा तिनी कालकवलित पनि भएका छन् वा काल-नागद्वारा डसिएका छन् । गफडी त भमरो-वेदनामा आत्मसात् भएर मात्र भमरो भएको छ ।

Nepal Telecom ad

चूडामणि रेग्मी :

पूर्वका मोतीराम भनेर चिनिनु भएका चूडामणि रेग्मी ‘युगज्ञान’ कालमा निकै रौसिएर हास्यव्यङ्ग्य्य लेख्नु हुन्थ्यो । ‘गजवाष्टक’ आठश्लोके व्यङ्ग्य्य कविताको सँग्रह र ‘गफडीका गफ’ त्यही कालखण्डका दसी हुन् । ‘युगज्ञान’ मा छापिने ‘गजवाष्टक’ वा ‘गफडीका गफ’, ‘मि. झप्पुसिं’, विवेचनामा छापिने ‘एैँसेलुको झाङमुनि’ जस्ता स्तम्भले पञ्चायतकालीन विद्रूपताको लेथ्नु काडेका थिए । मोराश -मि.झप्पुसिं डबल एम.ए.) नकुल काजी -सत्यवाद केशरी), व्यङ्ग्य्य ऋषि -चूडामणि रेग्मी), होम सुवेदी, अनिकाले ओझा, माधव भँडारीहरूले त्यो बेला उचालेको हास्यव्यङ्ग्य्यको झण्डा झापातिर अझै फरफराइरहेको छ । त्यसैले अहिले पनि कोमल पोखरेल, होम सुवेदी, चूडामणि वशिष्ठ, गङ्गाप्रसाद अधिकारी, विनोद खनाल हुँदै पछिल्लो पुस्ताका खगेन्द्र नेउपानेसमेत पङ्क्तिबद्ध भएर लेथ्नु काड्ने कार्यमा सरिक छन् । अघिल्लो पुस्ताका अगुवा चूडामणि रेग्मी अर्थात ‘व्यङ्ग्य्य ऋषि’का तात्कालीन व्यङ्ग्य्यको स्वाद नवपुस्तालार्ई दिने गरी ‘गफडीका गफ’बाट केही बान्की फित्कौलीले उठाउने सोच बनाएको छ । नकुल काजी लगायत नयाँ पुराना सबै झापाली हास्यव्यङ्ग्य्यकारहरूलार्ई फित्कौलीमा जोड्ने प्रयत्न जारी छ । – सम्पादक ।

रात बित्नेछ
रात्रिर्गमिष्यति भविष्यति सुप्रभातम् भास्वानुदेष्यति हसिष्यति पङ्कजश्रीः इत्थम् विचिन्तयति कोषगते. द्विरेफे हा हान्त ! हन्त ! नलिनीम् गज उज्जहार । गफडी आज भँमरो भएको छ र भमरोको वेदनाले ऊ भरिपूर्ण भएको छ । ए भमरो-गफडी ! वास्तवमा, तैले रसिकतामा कमलसँग नाता जोडिस् । फूलसँग नाता नजोडे के भमरो ! के रसिक ! सौन्दर्यप्रेमीले, रसिकले सौन्दर्यमा रसमय हुनुपर्छ त्यसैले भमरो रसिक छ र कमलमा लठ्ठ छ, परन्तु कमल विहान फुल्छ, राति ऊ सङ्कुचित कमलमा आफू थुनिएर मरेको छ। आशा छ यो रात वित्नेछ । अँध्यारो चुक जस्तो रात अवश्य बित्नेछ । यो दुनियाँलाई डस्ने रात सधै रहिरहने छैन ।

विहान हुनेछ
कहाँको इतिहासले भन्छ- रात रहिरहनेछ ? कहाँको इतिहासले भन्दैन- विहान कहिल्यै हुनेछैन ? विहान अवश्य हुनेछ । अँध्यारो रातका दुःख, पिर, चिन्ता नयाँ विहानीमा हट्नेछन् । यस सन्सारमा हिट्लरी रात हटे भने वोकासे-रात पनि रहेनन् । एक सय चार वर्षका रात यहाँ खत्तम भए । इदि अमिनीय एक युगीन लाग्ने एक देशकै काल रात पनि यहाँ रहेनन् । विधवाका काला रात यहाँ बितेका छन् । रात बितेपछि नव सुप्रभात आएको इतिहास छ यहाँ । म गफडीका लागि पनि एउटा चिरप्रतीक्षित विहानी आउनेछ जुन विहानीमा यो नेपाली आकाश उज्यालो हुनेछ, यो उच्च हिमाल पनि साँच्चै हाँस्नेछ र यहाँको खेती झिलिमिली हुनेछ, सारा जनता प्रसन्त हुनेछन् ।

झलमल्ल घाम लाग्नेछ !
यहाँ अज्ञानले ढाकेको छ, अँध्याराले खाएको छ । यहाँ शोषण व्याप्त छ र यहाँ पछाडिने रोगले महामारी चलाएको छ । के भमरो आशा गर्दैन- जब रात बित्लेछ, विहान हुनेछ तब यस धर्तीमा झलमल घाम लाग्नेछ। अवश्य यहाँ झलमल घाम लाग्नेछ । घामको उज्यालाले यहाँ मान्छेले ‘आँखा’ देख्नेछन्, अवि‌द्या र अज्ञानताले यसरी दुनियाँलाई ड्याक्नेछैन । झलमल घाम लागेर यो स्वर्णिम धर्तीमा एउटा सुनौलो सन्सार कायम हुनेछ, यहाँ अवश्य घाम लाग्नेछ ।

कोपिलामा बन्द छ
विहानी घामका झुल्कामा कमल फुल्नेछ भन्ने आशामा नै म कोपिलामा बन्द भएको छु। तिर्खा मैले भनेको छैन, दुःख मैले भनेको छैन । यस रमाइलो सन्सारमा अरूले मोज-मज्जा गरेको अवस्थामा तैपनि म कोपिलामा बन्द छु कारण, म चाहन्छु यहाँ विहानी आओस्, झलमल घाम लागोस्, यस नयाँ घाममा कमल फुलोस्, यहीं रमाइलो र उज्यालो होस् मात्र यही चिन्ता छ। चिन्तना छ मात्र रात बित्नेछ, विहान हुनेछ, घाम लाग्नेछ, अनि फुलेको कमलको शोभा चारैतिर फैलनेछ ।

हात्तीले बितायो !!
यस्तो चिन्तन गर्ने भमरो बसेको कमललाई विहान आएर काल जस्तो हात्तीले उखेलिदियो रे र भमराका सपना चकनाचुर भए रे। एक जना कवि भन्छन्- गफडी डराउँछ हात्तीहरूदेखि । हे भमरा हो। तिमी जति कल्पनाशील छौ, जति स्वप्नशील छौ त्यत्ति यहाँ विघ्नकारी छन् यी हात्ती काल हुन्, यिनबाट बचेर यहाँ कल्पना गर्नुपर्छ । रात कटाउनुपर्छ र उज्यालो विहानीको प्रतीक्षा गर्नुपर्छ ।

पातमा पात ! बातमा बात !
गफडी भमरो भयो- पातमा पात भए झै बातमा बात हुँदा गफडी ठान्छ- यहाँ गफडीभन्दा सयौ गुना राम्रा र उत्तम भमरा छन्, तिनले कालो रात बिताएका छन् यस्ता रातमा तिनी कालकवलित पनि भएका छन् वा काल-नागद्वारा डसिएका छन् । गफडी त भमरो-वेदनामा आत्मसात् भएर मात्र भमरो भएको छ । कालकवलित पीडित भमराको वेदनामा ऊ चुर्लुम्मिएको छ, तिनको त्यागबाट ऊ द्रवीभूत भएको छ । लौ त ! एक कविको सिलोकको गफ यहीं तुरूं । जय भमरा । आगे फेरि ।

०००
युगज्ञान वर्ष ११, अङ्क ५- २०३६

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
‘बाउ पर्ने पनि हिं थे नि;’ ए ! 

‘बाउ पर्ने पनि हिं...

सुरेशकुमार भट्ट
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x