साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाबा आमा रमाऊन् हरदिन (काव्यांश – (०२)

बोलेको सुन्न जानूँ रसमय म बनूँ स्तुत्य हुन् वृद्ध मानी । झर्के दिक्दार पार्ने कमसल मनले वृद्ध ज्यादा नठानी ।। के बन्ने साथमा छन् हितअहित दुवै छान राम्रो विचारी । बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।

Nepal Telecom ad

दीनानाथ पाेखरेल 

टेढो पारी म हेरूँ खुद नयन सिधा जालले पार्छ बाङ्गो।
आत्माले दुष्ट बन्ने विकृत मति टिपे व्यक्ति बन्नेछ नाङ्गो।।
हुन् वृद्धावृद्ध मेरा सुरसम म बुझूँ कर्म सङ्ला उमारी।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।०६।।

आफू खाई नखाई सब परिजनको गर्दथे देखभाल।
सत्यात्मा दिव्य त्यस्ता सुरगुण युत हुन् वृद्ध आफ्ना निहाल ।।
पृथ्वीको वक्षजस्तै हृदय गुण हुने वृद्ध हाम्रा पुजारी।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।०७।।

बज्छन् बाजा हियाकै मृदुलय बटुली वृद्धमा मान भर्छन् ।
भाग्छन् सङ्कष्ट जम्मै कति पनि नरही त्रास सम्पूर्ण डर्छन् ।।
हुन् ब्रह्मा विष्णु हाम्रा गर नमन खुली राम हुन् यी मुरारि।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।०८।।

बोलेको सुन्न जानूँ रसमय म बनूँ स्तुत्य हुन् वृद्ध मानी ।
झर्के दिक्दार पार्ने कमसल मनले वृद्ध ज्यादा नठानी ।।
के बन्ने साथमा छन् हितअहित दुवै छान राम्रो विचारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।०९।।

पुर्खा जो मन्त्रद्रष्टा सुर दृग गुणका त्यागले आज दुख्छु ।
पक्रे सन्मार्ग जानी युग लय हितका ज्ञानले माथि उठ्छु ।।
अग्ला छन् वृद्धवृद्धा कृत पथ म हिँडूँ कष्ट जम्मै बढारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।१०।।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

कमला पन्थी अधिकारी
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

दीनानाथ पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x