साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेक्तक

प्लेटफर्मका होमलेससँग आँखा जुधाउन डराउँछन् मान्छे यहाँ हातको सत्रु चाहिं प्यारो छ यिनलाई आफ्नै भाग्यमा छुरा धस्ने ।

Nepal Telecom ad

नारायण भट्टराई

१.
लौ खत्तमै गर्यो साथी हो नेपाल सरकारले बर्बादै गर्यो
फेरी एक पटक देशलाई गर्नै नहुने ठुलो घात गरेर मर्यो
हाम्रो त नुन नै हराउने भो, भात नै जानेभो, मुखै टालिने भो
अन्न दाता हाम्रो किर्ते महाराज दिउँसै पक्राउ पर्यो ।

२.
जानेको छु तर भन्छु केहि पनि जान्दै जान्दिनँ
स्वार्थ रहित पनि मान्छे हुन्छ भन्ने ठान्दै ठान्दिनँ
थाहा छ मलाई तिमी मेरो काममा कहिलै आउँदैनौ
त्यसैले, हातै काटेर दिए पनि म लिन मान्दै मान्दिनँ ।

३.
मोबाइल स्क्रिनमा एकोहोरिएका छन् मान्छे ट्रेनमा छैन धैर्य त्यसै बस्ने
रोकिन्छ ट्रेन ठाउँ ठाउमा हेर्दैन कोहि को हुन् निस्कने को हुन् पस्ने
प्लेटफर्मका होमलेससँग आँखा जुधाउन डराउँछन् मान्छे यहाँ
हातको सत्रु चाहिं प्यारो छ यिनलाई आफ्नै भाग्यमा छुरा धस्ने ।

०००
क्यालीफाेर्निया, अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बेलाको बोली- १७०

बेलाको बोली- १७०

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोकान

चार ठोकान

रमेश समर्थन
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x