साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हे बुद्ध

बुद्ध, तिमी सत्ता र शासन त्यागेर सिद्ध भयौ र प्रसिद्ध भयौ तर हामी बुद्धुहरु त्यसकै लागि हारालुछ गर्ने गिद्ध भयौ । हे बुद्ध तिम्रो जन्म दिवसमा एउटा कामना यो देशमा कुनै न कुनै बुद्धुको बुद्धि पलावोस् ।

Nepal Telecom ad

प्रेम वली ढकलपुरे :

हे बुद्ध, के कुरा गरी साध्य तिम्रो देशको
हार्नु पर्नेलाई हामी बुद्दुहरुले जिताउँछौँ
जित्नु पर्नेलाई हामी बुद्दुहरुले हराउँछौँ
बुद्दुले जिते पनि के गर्न सक्छ र ?
फेरि केही गरेनन् भनेर हामी बुद्दुहरु कराउँछौँ ।

बुद्धि भएको भए आज हाम्रो देश
विकासले फट्को मार्थ्यो
सम्ब्रिद्दिले छलाङ मार्थ्यो
सिपले आकाश छुन्थ्यो
हेर्दाहेर्दै यहाँ के के हुन्थ्यो
बुद्दुको बुद्धि हुन्छ र क्यै गर्न ?
तर एउटा कुरा मान्नु पर्छ बुद्ध, यी जित्ने बुद्दुहरुलाई
देशको सम्पत्ति घुमाइ घुमाइ खान जानेका छन्
देशको ढुकुटी समाइ समाइ खान जानेका छन्
बुद्दु भए पनि यिनले
चन्द्रमालाई सूर्य भनी देखाउन जानेका छन्
तीललाई पहाड भनी लेखाउन जानेका छन्
यिनका झोला बोक्ने बुद्दुहरुले
दङ्ग हुँदै यसलाई सत्य नै ठानेका छन् ।

बिहान शान्तिका कुरा गर्छन्
दिउसो क्रान्तिका कुरा गर्छन्
साँझ परेवाको शिकार गर्छन्
भोट्का र व्हुस्कीले भुँडी भर्छन् ।

गजबको कुरो हामीलाई जति पटक बुद्दु बनाए पनि हामी चेत्दैनौँ
बुद्दुहरुले हजार बार हामीलाई ठगे पनि तीनलाई हामी खेद्दैनाैँ
हे सिद्धार्थ , तिमी बुद्ध बने पनि हामी बुद्दुका बुद्दु नै छौँ
तिम्रो ज्ञानले कतिले प्रगति गरे तर हामी लिद्दुका लिद्दु नै छौँ ।

बुद्ध, तिमी सत्ता र शासन त्यागेर सिद्ध भयौ र प्रसिद्ध भयौ
तर हामी बुद्दुहरु त्यसकै लागि हारालुछ गर्ने गिद्ध भयौँ
हे बुद्ध तिम्रो जन्म दिवसमा एउटा कामना
यो देशमा कुनै न कुनै बुद्दुको बुद्धि पलावोस्
त्यही बुद्धिवालले नै आएर यो देश चलावोस् ।

०००
घट्टेकुलाे, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
0
Would love your thoughts, please comment.x
()
x