साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जिउँदो समय

"पुर्खाको श्री सिद्धिएसँगै तेरो सेवा पाउने समय सकियो । आफ्ना पाखुरा जिउँदा नबनाई मुखमा माड नपर्ने भयो ।"

Nepal Telecom ad

नन्दलाल आचार्य :

महिना नमर्दै हातमा तलब पर्दा पनि उजेलीको मुहार अँध्यारियो ।

उनको घरमा अनिकालले बास बसेको थियो । एक छाक सुखै र अर्को छाक भोकै रहनुपथ्र्यो । तलब हातमा परेपछि केही दिन भए पनि सन्तानलाई पेटभरि खोलेफाँडो खुवाउन सक्थिन् । विदेशमा थलिएको लोग्नेसँग भलाकुसारी गरेर मनको आशंकाको बिरुवा उखेल्न सक्थिन् । सिमित समयसम्म भए पनि अभावलाई भगाउन सक्थिन् । सन्ततीका चाउरिएका ओठमा गुलाब फुलाउन सक्थिन् ।

“नाइँ, मालिक्नी, म तलब लिन्नँ । महिना मरेपछि मात्र दिनुस् । अहिले लिए, यही महिनामै सिद्धिन्छ । अर्को महिना रित्तै परिन्छ ।” आफ्नो इतिवृति बताएर सकी उजेलीले ।

“पूरा महिनाको तलब दिएकी छु । दिएको बेला लिइहाल् । नत्र……” मालिक्नीको मायामिश्रित आवाज उजेलीको कानमा ठोक्कियो ।

“मेरी सासूको जीवन यही घरमा सिद्धियो । मेरो पनि सिद्धिन्छ । नत्रसत्र नभन्नुस् मालिक्नी !”

उजेलीको अडान सुन्नासाथ मालिक्नीले थपी; “तँ मेरो ठाउँमा बस् । म तेरो ठाउँमा बस्छु । तँ महान् छेस् उजेली ।”
“के मर्जी भएको मालिक्नी ?”
उजेलीको हडबडे सवालको जवाफमा मालिक्नीले सहजताका साथ यत्ति भनी; “पुर्खाको श्री सिद्धिएसँगै तेरो सेवा पाउने समय सकियो । आफ्ना पाखुरा जिउँदा नबनाई मुखमा माड नपर्ने भयो ।”

०००
२०८१ वैशाख १४ एनेलकुटी, सिरहा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
जाम

जाम

नन्दलाल आचार्य
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
ग्याँस

ग्याँस

नन्दलाल आचार्य
बैठक

बैठक

भोलानाथ सुबेदी
परिवर्तनको राज

परिवर्तनको राज

सुरेशकुमार पाण्डे
दुई लघुव्यङ्ग्य

दुई लघुव्यङ्ग्य

हरिशंकर परसाईं
उखान, इख र अङ्कलको टिभी

उखान, इख र अङ्कलको...

दामाेदर न्याैपाने
बाढीको पाठ

बाढीको पाठ

लक्ष्मी रिजाल
0
Would love your thoughts, please comment.x
()
x