साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राजा विहीन गणतन्त्र कता हरायो ?

ल्यायौँ मिलेर गणतन्त्र हिजो सबैले गर्दै छ शासक घमण्ड र भन्छ मैंले । सन्देह आम जनमा यसले पलायो राजा विहीन गणतन्त्र कता हरायो ।।

Nepal Telecom ad

उत्तम विचार :

श्रीपेच छैन शिरमा हुँ भनेर राजा
गर्छन् हुँकार नसुनी सुखछैन आज ।
नौलो छ तन्त्र भनियो र यसो गरायो
राजा विहीन गणतन्त्र कता हरायो ।।१।

फ्याँकेर एक सय पाल्न रहेछ गाह्रो
देऊ मनग्य गज भन्छ नहाल चारो ।
छन् बाघझैँ अति सुरा किन हुन् खरायो
राजा विहीन गणतन्त्र कता हरायो ।।२।

खुल्नेछ मार्ग कसरी नहटी तगारो
मानौँ यही नगद वा कि त हो उधारो ।
जारी हुँदा लुट अझै लुटतन्त्र छायो
राजा विहीन गणतन्त्र कता हरायो ।।३।

ठान्छन् फुटेर बलिया फुटतन्त्रजस्तो
छन् झुन्ड मुण्ड गुटमा गुटतन्त्रजस्तो ।
भन्दै बस्यो विगहले नवगीत गायो
राजा विहीन गणतन्त्र कता हरायो ।।४।

रानी हजार थपिए नृप छन् हजार
आवाज सुन्छ कसले जनको पुकार ।
हेर्‍यो घडी समयले र यता चिहायो
राजा विहीन गणतन्त्र कता हरायो ।।५।

छन् प्रश्न उत्तर कुनै नभए समान
खोज्दै छ शासक मिलेर स्वराष्ट्र खान ।
जो जो पुग्यो सयरमा सपना सजायो
राजा विहीन गणतन्त्र कता हरायो ।।६।

ल्यायौँ मिलेर गणतन्त्र हिजो सबैले
गर्दै छ शासक घमण्ड र भन्छ मैंले ।
सन्देह आम जनमा यसले पलायो
राजा विहीन गणतन्त्र कता हरायो ।।७।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुके लुतो !

सुके लुतो !

उत्तम विचार
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
चुपचाप !!!

चुपचाप !!!

उत्तम विचार
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
म लाछी

म लाछी

हेमराज पन्त
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
0
Would love your thoughts, please comment.x
()
x