साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ईश्वरको गठबन्धन

हो त्यसै आधारमा भगवानले हिन्दु, अल्लाहले मुसलमान प्रभु परमेश्वरले सिर्जेका हुन् क्रिस्चियन हो त्यही भएर आजका सत्ताधारीको गठबन्धन देखेर अनौठो मान्नु पर्दैन ।

Nepal Telecom ad

रामदेव पाण्डे :

जानकारहरू भन्ने गर्छन्
नयाँ होइन पटक्कै
सत्ताका लागि गरिने गठबन्धन
उहिल्यै सृष्टिका बेलादेखि चलेको हो
मान्छेको सृष्टि गर्दा पनि
ईश्वरहरूबिच गठबन्धन गरिएको हो
त्यसो हुन्नथ्यो भने
कि त सबै मान्छे हिन्दु हुन्थे
या सबै मुसलमान वा क्रिस्चियन हुन्थे
मानव सृष्टिका बेला
मिलिभगतले गरेका हुन् बाँडफाँड
बसेर अल्लाह परमेश्वर र भगवान्
हो त्यसै आधारमा
भगवानले हिन्दु, अल्लाहले मुसलमान
प्रभु परमेश्वरले सिर्जेका हुन् क्रिस्चियन
हो त्यही भएर
आजका सत्ताधारीको
गठबन्धन देखेर
अनौठो मान्नु पर्दैन
अन्यथा ठान्नु पर्दैन !

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नेताजीको जय:

नेताजीको जय:

रामदेव पाण्डे
कारण के होला ?

कारण के होला ?

रामदेव पाण्डे
प्रभु ! घोर कलियुग आयो !

प्रभु ! घोर कलियुग...

रामदेव पाण्डे
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x