साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म सपनाहरूको मलामी

सब थाहा पाएको छु ती जल्लाद व्यापारीहरू जो सपना बेचेर खान पल्केका छन् र पुनः सपना बेच्न अहिले पनि विगतको मजस्तै हट्टाकट्टा मान्छेहरूको खोजीमा छन् होशियार जिउँदा मान्छेहरू हो !

Nepal Telecom ad

आर. आर. चौलागाईं :

म अचेल हरेक दिन
आफैँले देखेका सपनाहरूको
मलामी जाने गरेको छु ।
नदी कञ्चन भएर बग्ने छ
अनि हाम्रो सुक्खा धरतीलाई सिञ्चित गर्ने छ
फूल ढकमक्क भएर फुल्ने छ
अनि हाम्रो बगैँचालाई मगमग बनाउने छ
घाम झलमल्ल भएर उदाउने छ
अनि हाम्रो दैलोलाई उज्यालो पार्ने छ
जून टहटह भएर लाग्ने छ
अनि हाम्रो यात्रालाई गन्तव्यमा पुर्याउने छ
यस्तैयस्तै सपनाहरू देखेको थिएँ मैले
तर होइन रहेछ
सब भ्रम रहेछ ।
सपनालाई विपना बनाउने नाममा
सपनाका धूर्त व्यापारीहरूले
कहिले मेरो हात काटे
मेरोमात्रै होइन
हामी धेरैको काटे
कहिले मेरा खुट्टाहरू काटे
मेरोमात्रै होइन
हामी धेरैको काटे
कहिले मेरा कानहरू थुने
मेरोमात्रै होइन
हामी धेरैको थुने
कहिले मेरो आँखा फोरे
मेरोमात्रै होइन
हामी धेरैको फोरे
कहिले मेरो जिब्रो थुते
मेरोमात्रै होइन
हामी धेरैको थुते
कहिले मेरो कलम भाँचे
मेरोमात्रै होइन
हामी धेरैको भाँचे
कहिले मेरो किताब च्याते
मेरोमात्रै होइन
हामी धेरैको च्याते
कहिले मेरो बाजा फुटाए
मेरोमात्रै होइन
हामी धेरैको फुटाए
कहिले मेरो गीत जलाए
मेरोमात्रै होइन
हामी धेरैको जलाए
अनि मलाई कीला ठोकेर भित्तामा टाँगे
मलाई मात्रै होइन
हामी धेरैलाई टाँगे
त्यसपछि उनीहरू मालामाल भए ।
अहिले मेरो अगाडि
सपनाका लाशहरूको थाक लागेको छ
म केही पनि गर्न सक्तिनँ
न हात चलाउन सक्छु
न हिँड्न सक्छु
न सुन्न सक्छु
न हेर्न सक्छु
न बोल्न सक्छु
लाचार छु
तर मैले यो सब बुझेको छु
सब थाहा पाएको छु
ती जल्लाद व्यापारीहरू
जो सपना बेचेर खान पल्केका छन्
र पुनः सपना बेच्न
अहिले पनि विगतको
मजस्तै हट्टाकट्टा मान्छेहरूको खोजीमा छन्
होशियार जिउँदा मान्छेहरू हो !
म त फसेँफसेँ
तपाईंहरूचाहिँ भोलि
मजस्तै सपनाहरूको मलामी हुनबाट जोगिनुहोला ।

०००
हेटौंडा
२०८१ जेठ ५

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
माया

माया

आर.आर. चौलागाईं
माथिको आदेश

माथिको आदेश

आर.आर. चौलागाईं
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x