साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाँदर

घडेरी बाँड्दछौँ भन्थे रोजगारी यतैतिर झुट्टा भाषणले गर्दा पुगेको गिरिका शिर गोरिल्ला हुलमा यौटा गद्धारी मारिने डर वेश्याको छ मनोवृत्ति बदल्दै बस्छ त्यो घर ॥

Nepal Telecom ad

हरिप्रसाद घिमिरे :

लङ्गुरे फैलियो आज गोरिल्ला मासिने भए
चिम्पान्जी छ बुढो यौटा युवाका दिन नै गए
ओराङ् ओटन छन् उस्तै गोरिल्लासित टाँसिदै
यो कालान्तरमा पक्का देशबाट छ भासिँदै ॥१ ॥

लङ्गुरे राज्य लिप्साले बढ्न सक्दैन भन्दछ्न्
चिम्पान्जी लङ्गुरे ढाढे दुवैको अति द्वन्द्व छ्न्
नीति छाडेर गोरिल्ला मासिँदै छ धरा भरि
एक्ले बाँदरको यौटा जत्था बन्यो सराबरी ॥२ ॥

संस्कारी देखियो एक्लै ढाडे बस्छ रुँदै बन
मासिने छैन चिम्पान्जी देश नै सुम्पिने मन
महाकाली दिने दादा गोरिल्लासित हिँड्दछन्
एम् सी सीका तिनै छोटे गोरिल्ला सब चिन्दछन् ॥३ ॥

एक्ले बाँदर जत्थामा यौटा देख्छु महासुर
छन् नागार्जुनमा साथी थर्कायो उसले पुर
कुनै बानरका छैनन् सिद्धान्तै बनमा बसी
चाहियो बाघको जत्था खान्थ्यो जङ्गलमा पसी ॥४ ॥

घडेरी बाँड्दछौँ भन्थे रोजगारी यतैतिर
झुट्टा भाषणले गर्दा पुगेको गिरिका शिर
गोरिल्ला हुलमा यौटा गद्धारी मारिने डर
वेश्याको छ मनोवृत्ति बदल्दै बस्छ त्यो घर ॥५ ॥

०००
गोरखा, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नेपालभित्र

नेपालभित्र

हरिप्रसाद घिमिरे
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
ध्वंस

ध्वंस

हरिप्रसाद घिमिरे
बेताल

बेताल

हरिप्रसाद घिमिरे
सुक्ति सङ्ग्राम

सुक्ति सङ्ग्राम

हरिप्रसाद घिमिरे
बेथिति

बेथिति

हरिप्रसाद घिमिरे
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x