साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मलाई मन परेन

कहिले हदै मित्रता कहिले तिक्तता मन परेन बाेलिएका बाेली र व्यवहार सुन्दा मन परेन अपवित्र र पवित्र शब्द पनि मलाई मन परेन राजनीतिमा हुने धोका त ठ्याक्कै मन परेन ।

Nepal Telecom ad

नारायण ज्ञवाली :

जुत्ता टलक्क टल्किएको छ मलाई मन परेन
दौरा सु्वाल सुकिला छन तर मलाई मन परेन
आईरन गरेको चिटिक्कको कोट छ मन परेन
सिरमा लगाएको भादगाउँले टोपि मलाई मन परेन ॥

शीतल निवासमा हुने जमघट मलाई मन परेन
व्यवहारमा नदेखिने सपथ पटक्कै मन परेन
एकै दिनमा विदाई र स्वागत झनै मन परेन
लात्तले हान्ने शब्द र उथुलपुथुल पनि मन परेन ।

कहिले हदै मित्रता कहिले तिक्तता मन परेन
बाेलिएका बाेली र व्यवहार सुन्दा मन परेन
अपवित्र र पवित्र शब्द पनि मलाई मन परेन
राजनीतिमा हुने धोका त ठ्याक्कै मन परेन ।

आखिर के मन पर्छ त ?
नेपालीको बलियो एकता मलाई मन पर्दथ्यो
शान्ति, सुशासन र विकास मलाई मन पर्दथ्यो
सामाजिक न्याय सहितको व्यवस्था मन पर्दथ्यो
धोका होइन मेल मिलाप मलाई मन पर्दथ्यो ॥

०००
लोकन्थली, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म सांसद

म सांसद

नारायण ज्ञवाली
मलाई प्यारो सत्ता

मलाई प्यारो सत्ता

नारायण ज्ञवाली
म नेता

म नेता

नारायण ज्ञवाली
हाम्रो प्रवृत्ति

हाम्रो प्रवृत्ति

नारायण ज्ञवाली
धोका

धोका

नारायण ज्ञवाली
म नेता

म नेता

नारायण ज्ञवाली
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x