साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उब्रेको भाषण

मैले भाषणको तालमा ताली बजाउनु पर्छ, खुसी भएको अनुहार बनाउनु पर्छ । तपाईँको हौसला बुलन्द पार्ने जीवन्त अभिनय गर्नुपर्छ । कम्ता गारो छ, भाषण सुन्न ?”

Nepal Telecom ad

सञ्जय साह मित्र :

अस्ति भाषण गर्दागर्दै अलिकति उब्रियो । मान्छे त के चरो, मुसो केही पनि थिएन । सबै हिँडेपछि माइक पनि हिँड्यो मेरो बाइक छोडेर । माइक मात्रै भए पनि एक्लै डटेर मच्चिई मच्चिई थर्काएर गाउँलेको कान पाक्ने गरी भाषण खोक्थें ।

उब्रेको भाषण र मृतकलाई खुवाउन निकालिएको अन्न लिएर घर फर्किनु हुँदैन भन्ने मान्यता छ । कुनै अनिष्ट नहोस् भन्ने वैज्ञानिक सोचको मान्छे म । भाषण कतै नबिसाई कसरी घर फर्कूँ !

सुटबुट लाएको मान्छेले जहाँ पनि छाद्न पाउँछ रे । अर्थ न बर्थको भाषण ठोक्नु यही खोक्नु र छाद्नु हो । आएको छादलाई रोक्न सकिँदैन ।

चिनेको मान्छेकहाँ छिरें । “मेरो भाषण सुन्नु हुन्छ ? राम्रै ज्याला दिन्छु” मैले आग्रह गरें ।

“एक घन्टा भाषण सुनेको तीन दिन बराबरको ज्याला लिन्छु, त्यो पनि अधिकृतस्तरको” कडा रेट सुनायो उसले । “होइन, अलिकति मात्र भाषण छ, उब्रेको” मैले अलिकति नम्र स्वरमा सम्झाउने प्रयास गरें ।

व्यावसायिक प्रत्युत्तर आयो, “जुन जोगी आए पनि कानै चिरेका भने झैँ जुन नेताको भाषण उब्रियो, छन् मैकहाँ छिरेका । प्राक्टिस गर्नेको भाषण सुन्नको लागि मात्र हो अघि मैले भनेको मूल्य । उब्रेको भाषण सुन्ने रेट दोब्बर छ । तपाईँ चिनेजानेको जस्तो मान्छे, जम्मा पाँच दिनको ज्याला लिन्छु । मैले भाषणको तालमा ताली बजाउनु पर्छ, खुसी भएको अनुहार बनाउनु पर्छ । तपाईँको हौसला बुलन्द पार्ने जीवन्त अभिनय गर्नुपर्छ । कम्ता गारो छ, भाषण सुन्न ?”

उसले पहिले पैसा लियो अनि उब्रेको भाषण मज्जाले सुन्यो । धेरै पैसा तिरेको पीडा र धेरै राम्रोसित भाषण गरेको आनन्द एकसाथ भरियो ममा । बाँकी सबै रित्तियो । भाषण रित्तिएपछि औडाहा शान्त भएजस्तो गज्जबको सन्तोष पाइँदो रहेछ मनमा ।

बाहिर निस्कें र घरमा झुन्ड्याइएको बोर्ड हेरें जसमा पहिले नजर परेको थिएन – यहाँ सस्तोमा भाषण सुनिन्छ ।

०००
रौतहट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पागलको पनि पापी पेट हुन्छ

पागलको पनि पापी पेट...

सञ्जय साह मित्र
परिधानको भद्र आन्दोलन

परिधानको भद्र आन्दोलन

सञ्जय साह मित्र
दुइमुखे म

दुइमुखे म

सञ्जय साह मित्र
हात्ती पाटी

हात्ती पाटी

सञ्जय साह मित्र
नागरिकता

नागरिकता

सञ्जय साह मित्र
भाग्यमानीको निधार ठूलो

भाग्यमानीको निधार ठूलो

कृष्ण शर्मा सुमु
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x