साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पुच्छर पुराण

सहारा पुच्छको हुन्न बन्दैन हतियार सो सिर्जना यसको गर्ने के दैव पुच्छरे थियो । मट्याङ्ग्रा यसमा हान्दा सोझो होला कि पुच्छर गुलेली बाँड एकेक हानून् ताकेर दुच्छर ।

Nepal Telecom ad

घनश्याम रेग्मी :

अनेकौं गरियोस् यत्न बाङ्गो हुन्छ सधैँभरि
लेखूँ कि टुकुरो काव्य बाङ्गो पुच्छरकै सरि ।
होला ज्ञानी उही व्यक्ति यो उखान बनाउने
देखिन्छ अहिले भाष्य चारैतर्फ सुहाउने ।

हाम्रा यी योजना उस्तै मानौँ कुकुर पुच्छर
हाम्रा पार्टी सधैँ दोग्ला लाग्दैछन् किन दुच्छर ।
सेवाग्राही पिरोलेर घुसपैठ सरासर
बाह्र वर्ष यसै राख के सोझो हुन्छ पुच्छर ।

नेताको छ उही बानी पद छोड्नै नचाहने
आफन्तमात्र छन् जम्मा बाहिरी हुन्न चाहिने ।
शिक्षा हेर लथालिङ्ग आउन्न किन ऐन खै
उखान आज सम्झिन्छु सोझो पुच्छर हुन्न खै ।

आओ ए शोधकर्ता हो यो राम्रो हुन्छ शीर्षक
लागेका कि कतै होलान् शोधमा जन सर्जक ।
हाम्रो यो गाउँमा यस्तै पाङ्ग्रे कुक्कुर भेट्दछु
पुरस्कार ठुलो मिल्ने राम्रो मौका म देख्दछु ।

नासाले पनि गर्ला के प्रबन्ध शोध कार्यको
बाङ्गो पुच्छर बन्नाको के तथ्य सारमेयको ।
केही लज्जा उता ढाक्छ साच्चै कुकुर हो भने
गाँस पुच्छर एकेक आफूमा मिल्दछन् भने ।

सहारा पुच्छको हुन्न बन्दैन हतियार सो
सिर्जना यसको गर्ने के दैव पुच्छरे थियो ।
मट्याङ्ग्रा यसमा हान्दा सोझो होला कि पुच्छर
गुलेली बाँड एकेक हानून् ताकेर दुच्छर ।

०००
हाल बैजनाथ १, चिसापानी, बाँके

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाकाहरूबाट सिकाैँ (६)

पाकाहरूबाट सिकाैँ (६)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (५)

पाकाहरूबाट सिकाैँ (५)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (४)

पाकाहरूबाट सिकाैँ (४)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (३)

पाकाहरूबाट सिकाैँ (३)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकौँ (२)

पाकाहरूबाट सिकौँ (२)

घनश्याम रेग्मी
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x