साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नालायकको चर्तिकला

सत्य असत्य अवस्य विवेचन, हुन्छ कुनै क्षणमा पछि याद होस् द्वापर अन्त्य हुँदा शय कौरव, पाण्डव बीच भयो रण जानियोस् । पाण्डव पाँच जनासँग कौरव, हार्नुपर्‍यो जित पाण्डवको भयो सत्य पराजित हुन्न कसै पनि, धैर्य गरौँ नित हार्छ असत्य यो ॥

Nepal Telecom ad

हृषीकेश बराल :

स्याल र गिद्ध हुँडार मिलीकन, बाघ धपाउन जङ्गल दौडियौ
देख्तछ बाघ र थाल्छ कराउन, होश गुमी सब थर्थर तर्सियौ ।
हिंस्रक जन्तु लखेट्न न तागत, पुग्दछ तैपनि दुष्टहरू मिल्यौ
बाघ जुरुक्क उठी जब झम्टिन, थाल्दछ सास बचाउन दौडियौ ॥१

क्रोधित बाघ फकाउन मुस्किल, पर्न गयो त्यसकारण आत्तियौ
शक्ति नभै त्यसरी किन तम्सिनु, बाघ लघार्न गर्‍यौ छलछाम यो ।
भ्रष्ट चरित्र उदाङ्ग भयो अब, गोप्य रहेन कुनै सब देखियो
भोग्नुपर्‍यो व्यवहार पराजय, मात्र हुने सत शाश्वत सिद्धियो ॥२

तागत खेर गएछ अनाहक, बाघ न मार्न सक्यौ बरु जिस्कियौ
के हतियार थियो र तिमीसँग, शक्ति हत्याउन जङ्गल भित्रियौ ।
जो जति मिल्न सक्यौ कपटी अनि, दुच्छर हौ छलछाम सदा गर्‍यौ
छैन भविष्य कुनै सकियो अब, पर्खिरहे पछि दुर्दिनमा पर्‍यौ ॥३

सत्य असत्य अवस्य विवेचन, हुन्छ कुनै क्षणमा पछि याद होस्
द्वापर अन्त्य हुँदा शय कौरव, पाण्डव बीच भयो रण जानियोस् ।
पाण्डव पाँच जनासँग कौरव, हार्नुपर्‍यो जित पाण्डवको भयो
सत्य पराजित हुन्न कसै पनि, धैर्य गरौँ नित हार्छ असत्य यो ॥४

हो त्यसकारण झूट दबाउन, यत्न गरे पनि मुस्किल पर्छ यो
शुम्भ निशुम्भ तथा मधु कैटभ, रावण कंश मरेसरि हुन्छ यो ।
दानव बुद्धि नहोस् अब उत्तम, मार्ग समाउन सक्षमता रहोस्
यत्ति निवेदन सत्य बचाउन, गर्नुपर्‍यो सबको मनमा रहोस् ॥५

०००
पोखरा -२६ कास्की ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
किन यस्तो भने ?

किन यस्तो भने ?

हृषीकेश बराल
हो देश सर्वोपरि

हो देश सर्वोपरि

हृषीकेश बराल
देशको अवस्था

देशको अवस्था

हृषीकेश बराल
जीवनको अस्थिरता

जीवनको अस्थिरता

हृषीकेश बराल
जानकारी (२)

जानकारी (२)

हृषीकेश बराल
जानकारी (१)

जानकारी (१)

हृषीकेश बराल
आँधी

आँधी

मिश्र वैजयन्ती
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x