साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आधुनिक कवि

कवि रत्न तिमी धनमा नबिकौ । पद पोलुपता सब आज झिकौँ ॥ जग चुम्नु महान बनेर तिमी । म बसे भुँइमा खुसी देख्छु जिमी ॥ पदवी,कद,मान बढोस् सदा । कविको मनबाट बनेछु अदा ॥

Nepal Telecom ad

हेमराज पन्त :

कवि देख्दछु बालक झैँ हँसिलो ।
कविता अति लेख्छद रे कसिलो ॥
न त वणर् छ शुद्ध न भाव कुनै ।
दलको भरिया किन देख्छु उनै ॥ १

कवि बन्छ सधैं उपहास यहाँ ।
चतुरो,बबुरो अब बन्छ महा ॥
अभिमान र सान जडेर हिंडे ।
न त पुच्छर छन्द छ अर्थ लिँडे ॥ २

किन बौद्धिक चेत बनेछ ठुटे ।
नव तस्बिर खिच्न भनेर जुटे ॥
गफगाफ हूँदैछ अनेक जुटी ।
बिष छर्न छ माहिर काव्य कुटी ॥ ३

अनमोल छ शब्द न लिन्छ चुसी ।
कविको पदले दिनरात खुसी ॥
कवि साधन होइन साध्य बनौँ ।
जन हर्षित भाव अनेक गनौँ ॥ ४

कवि बन्नु हूँदैन अटेर छुसी ।
समभाव छरौँ जनमाझ घुसी ॥
कवि रत्न तिमी धनमा नबिकौ ।
पद पोलुपता सब आज झिकौँ ॥ ५

जग चुम्नु महान बनेर तिमी ।
म बसे भुँइमा खुसी देख्छु जिमी ॥
पदवी,कद,मान बढोस् सदा ।
कविको मनबाट बनेछु अदा ॥ ६

०००
कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पीडा

पीडा

हेमराज पन्त
गुनासो

गुनासो

हेमराज पन्त
म लाछी

म लाछी

हेमराज पन्त
आधुनिकता

आधुनिकता

हेमराज पन्त
जुकेबल

जुकेबल

हेमराज पन्त
सम्मानवाल

सम्मानवाल

हेमराज पन्त
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
0
Would love your thoughts, please comment.x
()
x