साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सजिलो

ढुङ्गा उसिनेर पाक्दैछ आलु भन्दा पत्याउन छाडे बच्चाहरूले यहाँ घाम खाएर डढाउने छाला न हो जून पिएर आकाश ओड्न कहाँ सक्नु सबैले त्यो त कविहरूको भाग हो ।

Nepal Telecom ad

गोपेन्द्रप्रसाद रिजाल :

बेच्नेहरू बेच न
बेच्न सजिलो छ
किन्नेले पो सोच्नु पर्छ
साहुको मन
बह पोखेर घोच्नु पर्छ ।
तिमीलाई चाहिएको त
पैसा न हो
मान्छे होइन
र त,
धान बेच
मान बेच
कोदो बेच
जाँड बेच
इमानको गाँड बेच
आफू
साहु भएपछि
एक सिसी मेटासिड बेच
उस्को पैसा सकिए पछि
पाखा खोरियाहरू बन्धक परेपछि
जहान बच्चाको आन्द्रामा
मुसा छुचुन्द्रा कुद्न थालेपछि
आउन सक्छ
उधारो माग्न
चोर्न लुट्न सक्छ
तिनै आन्द्रा भर्न
त्यसैले
उसलाइ चोर बनाउनु भन्दा पहिले
तिम्रो गल्ला जोगाउन
बरू सुटुक्क
एक एमएल फलिडल बेच
उस्तै त हो
देश बेच्नु र
हाइड्रोक्लोरिक एसिड बेच्नु
अहिले त
अन्न खाएर बाँच्न गाह्राे छ
ढुङ्गा उसिनेर
पाक्दैछ आलु भन्दा
पत्याउन छाडे बच्चाहरूले
यहाँ घाम खाएर
डढाउने छाला न हो
जून पिएर आकाश ओड्न
कहाँ सक्नु सबैले
त्यो त कविहरूको भाग हो ।
अनि त
देश बेच्नु पहिले
सल्फ्युरिक एसिड बेच
मान्छे नभए पछि त
सजिलो छ
एक्लो मालिक बन्न ।

०००
मैतीदेवी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कालो कोट

कालो कोट

गाेपेन्द्रप्रसाद रिजाल
चटनी

चटनी

गाेपेन्द्रप्रसाद रिजाल
स्वार्थ

स्वार्थ

गाेपेन्द्रप्रसाद रिजाल
फुलमन्त्रीले रक्सी छाड्यो रे…

फुलमन्त्रीले रक्सी छाड्यो रे…

गाेपेन्द्रप्रसाद रिजाल
पुरोहित बाको टुपी

पुरोहित बाको टुपी

गाेपेन्द्रप्रसाद रिजाल
खुकुरीः अहिंसा र टोपी

खुकुरीः अहिंसा र टोपी

गाेपेन्द्रप्रसाद रिजाल
आँधी

आँधी

मिश्र वैजयन्ती
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x