साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म मरेको सपना

धेरैले मलाई एउटा महान् मान्छे मर्यो भनेर श्रद्धाञ्जली दिइरहेका थिए मलाई फूल चढाइरहेका थिए । मरेपछि मात्रै थाहा भयो मलाई मान्छेहरूलाई चिन्न त आफू मर्नुपर्ने रहेछ ।

Nepal Telecom ad

आर.आर. चौलागाईं :

आज राति मैले
एउटा भयानक सपना देखेँ
म मरेको सपना ।

म भुईँमा लाश भएर लडेको थिएँ
मेरा वरिपरि मेरा आफन्तहरू
मलाई घेरेर बसेका थिए
मेरा छिमेकीहरू थिए
मेरा साथीभाइहरू थिए
मेरी श्रीमती रोइरहेकी थिइन्
मेरा छोराछोरीहरू पनि रोइरहेका थिए
असङ्ख्य मान्छेहरू थिए
घरभरि
आँगनभरि ।

एउटा भन्दै थ्यो-
“वहाँ नै हो मलाई चिनाउने
नत्र म उहिल्यै हराइसक्थेँ”
उसको कुरा सुनेर मलाई खूब हाँसो उठ्यो
किनकि मेरो नाम चलेको देखेर
ऊ मलाई सबभन्दा बढी रीस गर्थ्यो
अर्को भन्दै थ्यो-
“वहाँ नै हो मलाई
अधिकार, कर्तव्य, दायित्व
र अनुशासन सिकाउने
नत्र म उहिल्यै पत्रु भएर गइसक्थेँ”
उसको कुरा सुनेर मलाई अचम्म लाग्यो
मलाई सबभन्दा बढी दु:ख दिने उही थियो
ऊ मेरो लाखौँ रुपैयाँ खाएर बेपत्ता भएको थियो
म सुनिरहेको थिएँ
धेरैले मलाई यसरी नै तारीफ गरिरहेका थिए
मेरो गुणगान गाइरहेका थिए ।

एउटी महिला रुँदै भनिरहेकी थिइन्-
“वहाँ त मेरो साक्षात् भगवान् हो
म रछ्यानमा फ्याँकिएको बेला
वहाँ नै हो मलाई उठाएर ल्याउने”
तर उनी थिइन् मेरो कुरा काट्दै हिँड्ने
अर्की भन्दै थिइन्-
“वहाँ त मेरो पथप्रदर्शक हो
मैले बाटो बिराउँदा
वहाँ नै हो मलाई बाटो देखाउने”
तर उनी थिइन् मेरो बदनाम गर्दै हिँड्ने
म देखिरहेको थिएँ
धेरैले मलाई एउटा महान् मान्छे मर्यो भनेर
श्रद्धाञ्जली दिइरहेका थिए
मलाई फूल चढाइरहेका थिए ।

मरेपछि मात्रै थाहा भयो मलाई
मान्छेहरूलाई चिन्न त आफू मर्नुपर्ने रहेछ ।

०००
हेटौँडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
माया

माया

आर.आर. चौलागाईं
माथिको आदेश

माथिको आदेश

आर.आर. चौलागाईं
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x