साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बेकार छन् (१)

मान्दैनन् उपदेश कत्ति दिइँदा अर्ती त बेकार छन् शिक्षाले व्यवहार फेर्न नसके ती ज्ञान बेकार छन् । बोलेको यदि बुझ्न मुस्किल भए उद्गार बेकार छन् छायाँ फूल दिने न ता फल दिने ती वृक्ष बेकार छन् ॥

Nepal Telecom ad

हृषीकेश बराल :

आँखामा यदि दृश्य शक्ति सकिए चस्मा त बेकार छन्
आर्जेका धनले चलेन घर जो पेशा त बेकार छन् ।
भ्रष्टाचार नरोकिने क्रम बढे सत्ता त बेकार छन्
श्रद्धा भक्ति भुलेर मन्दिर पसे पूजा त बेकार छन् ॥१

बोल्दैनन् मुखले र कान नसुने वक्तव्य बेकार छन्
पत्नीले पतिको अनादर गरे सम्बन्ध बेकार छन् ।
पत्नीको पतिले गरेन ममता दाम्पत्य बेकार छन्
बा आमाप्रति छैन आदर भने सन्तान बेकार छन् ॥२

आपत्मा सहयोग कत्ति नगरे आफन्त बेकार छन्
विद्या नेत्र विहीन छन् यदि भने ती शास्त्र बेकार छन् ।
नाफाले घर खर्च धान्न नसके बेपार बेकार छन्
श्रोता दर्शकको छिरेन मुटुमा सङ्गीत बेकार छन् ॥३

स्रष्टाका कविता पढी नबुझिए ती काव्य बेकार छन्
मिल्दैनन् लय गायकी स्वर भने ती गीत बेकार छन् ।
नाच्नेको यदि हाउभाउ नभए ती नाच बेकार छन्
भाषा शुद्ध गरेर लेख्न नसके आलेख बेकार छन् ॥४

मान्दैनन् उपदेश कत्ति दिइँदा अर्ती त बेकार छन्
शिक्षाले व्यवहार फेर्न नसके ती ज्ञान बेकार छन् ।
बोलेको यदि बुझ्न मुस्किल भए उद्गार बेकार छन्
छायाँ फूल दिने न ता फल दिने ती वृक्ष बेकार छन् ॥५
क्रमशः

०००
पोखरा -२६, कास्की ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
किन यस्तो भने ?

किन यस्तो भने ?

हृषीकेश बराल
हो देश सर्वोपरि

हो देश सर्वोपरि

हृषीकेश बराल
देशको अवस्था

देशको अवस्था

हृषीकेश बराल
जीवनको अस्थिरता

जीवनको अस्थिरता

हृषीकेश बराल
जानकारी (२)

जानकारी (२)

हृषीकेश बराल
जानकारी (१)

जानकारी (१)

हृषीकेश बराल
शीतल जल र तातो खुराक

शीतल जल र तातो...

डा. पशुपति फुयाल
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
तमासा

तमासा

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x