साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छानबिन समिति र जात्रा सकिएको जानकारी

हामी भाँडो लिएका वरिपरि सब छौँ थाप्न तैयार पर्दै झर्ला केही अवस्यै तप तप चुहिँदै तेल धारा कि जस्तै कत्रो आशा निराशातिर मुखरित भै लाग्नलाग्यो किनारा आशा बोकी कुरेका सब जन घरमा फिर्न लागे बिचारा ।

Nepal Telecom ad

घनश्याम रेग्मी :

कोही घ्याम्पो समाई वरिपरि दलका वात गर्दै बसेका
कोही चेप्टे समाई घरिघरि उसको कण्ठ चुस्दै फसेका
कोहीले साथ ल्याए वर र पर हुने भाइ साथी गुहार
कोही तैयार लाग्थे कटकट सटको खिच्न फोटा हतार ।१

हल्लीखल्ली चलाए सदन र पथमा पाखुरा सुर्किएका
कोही फुर्ती निकाली वदन र तनमा अत्तरै छर्किएका
धेरै आए तमासे गुन गुन गुनको चालमा फाल हाली
कोही आए अचानो धसमस बलले बेसरी नै उचाली ।२

आसेपासे जुटेका लपलप मुखमा माडले टालिएका
चम्चे आए हजारौं हर पल उनकै छत्रछाया परेका
कोही भन्थे छ धोका घटबढ छ यता तौल पूरा भएन
कोही भन्छन् कहाँ होस् अलिकति कम ता क्षम्य मान्नै भएन ।३

मेला लाग्यो हजारौं किसिम किसिमका बोल हल्ला भएको
खै केले काम थाल्यो सब गुप चुप छन् माडले टालिएको
द्यौताको नाम पारी कतिकति लुटियो के मिसायो लगायो
साराका बन्द बोली तँ अनि म चुप छन् बोल बोल्नै डरायो ।४

हामी भाँडो लिएका वरिपरि सब छौँ थाप्न तैयार पर्दै
झर्ला केही अवस्यै तप तप चुहिँदै तेल धारा कि जस्तै
कत्रो आशा निराशातिर मुखरित भै लाग्नलाग्यो किनारा
आशा बोकी कुरेका सब जन घरमा फिर्न लागे बिचारा ।५

०००
हाल – बैजनाथ १, चिसापानी, बाँके

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
आमा !

आमा !

घनश्याम रेग्मी
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
खुसीनगर !

खुसीनगर !

घनश्याम रेग्मी
सल्लाह – काटेर राम्रो हुनू

सल्लाह – काटेर राम्रो...

घनश्याम रेग्मी
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x