साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ज्यामिरे काइँलाको साहित्यिक चमत्कार

पीर नगरौँ दाइ निगाले साउकी छोरीले हिजो भेटिथिन् । इज्रेल गर आकी । ऊ पनि एउटा गज़लसङ्ग्रह निकाल्ने अरे । भूमिका म लेखाइदिन्छु बीस हजार लाग्छ भन्द्याछु । उनले पैसाको पीर नगर्नु दाइ भन्याछिन् ।

Nepal Telecom ad

डा. गोविन्दराज भट्टराई : 

यो शहरमा बस्न थालेसी जिन्दकी कैल्यै एक्लो नहुने र‘छ । दाल चामल सकिन लाग्यो भन्ने चिन्ताले रातभरी रामरी निद्रा लाग्दैन तर खाने बेलामा कोइ न कोइ टुप्लुक्क आइपुग्छ.। झन् शनिबार त नचिताको पनि आइपुग्छ । अनि तीन घण्टा ढुक्ता नि जाँदैन, भाग बसाउने पर्छ ।

अघिल्लो शनिबार बिहानै उठेर साहित्ते गर्न थालेको थेँ । अर्थोक होइन एउडा निकै कडा कविता हान्दिनु परो भन्ने लागेको थियो । गीति भाकामा दिँदै थिएँ-
परालका माचमुनि फ्याउरा लुकेका
कुर्चीमाथि उँग्नीहरू क्यान भुकेका

भानु जयन्ती नजिक आएकाले अलिकति भानुभक्तीय इस्टाइलको टच दिएर लेख्तै थिएँ- आधाउधी हुने बेलामा चिर्पटे काका आइपुगे- चिया खाइसक्यौ कि छैन केटा हो ? भन्दै । काका अलिक काँठे खालका छन् तर भन्नु भएन क्यार्ने ! लगनका बेला के जाति… भने जस्तो भो ।

ढुकेर भए नि बूढाले चिया नछोड्ने भए भन्ने बुझेर मैले नि यिनलाई काबु गराउनु पर्‍यो भन्ने ठानी त्यो कविता सुनाउन थालेँ । सुनी सकेर चिर्पटे बोले, “यस्तो कवितो गरेर पोसाउन्न भतिज । यो शहराँ गर्ने भनेको ठेक्कापट्टा हो । हेर आज म काँ पुगेँ ! दसोडा टडक र दुइटा बिल्डिङ अनि पाँचोडा घडेरी ।”

चिया खाएर चिर्पटे काका बाटा लाग्नासाथ घर रित्तो भाको बेला दाउ छोपेर खाना खानु पर्ला भन्ने थियो- ज्यामिरे काइँलो टुप्लुक्क आइपुगो । गाउँमा बाबुको गुजराती भैँसी बेचेर उन्नति गर्न शहर पसेको अचेल ता हातमा डायरी र कलम बोक्छ, कोइ मान्छे भेट्नासाथ एउटा मोबाइल रिकर्डर तेस्र्याउदै तपाईंको दामी इण्टर्भिउ गर्दिन्छु, हाम्रो आकाश गंगामा एक लाख भिउअर छन्- यस्तै के के बर्बराउँछ ।

त्यो दिन बिहान मलाई भन्यो- “दाइलाई फाइदा हुने काम लिएर आको बिहानै.।”
“के होला भाइ ?”
“एउडा भूमिका गराउनु छ । निक्कै रामरी पैसा नि आउँछ । एउटा प्रेमाञ्जली भन्ने गज़लसङ्ग्रह छ, तेस्मा हान्दिनु परो दाइ ।” “म अलिक बिजी पो छु त क्यार्ने होला ?”
“होइन दाइ फाइदा हुने कुरामा लाग्नुपर्च । मैले ता तेस्को पाण्डुलिपि नै लिएर आ‘छु. दाइलाई विश्वास नहोला भनेर यो सकेसी पैसा उठाउन गइहाल्छु ।”

नभन्दै उसले झोलाबाट पाण्डुलिपि झिकेर देखायो प्रेमाञ्जली गज़लबुक बाइ टोपीकाने मात्र लेखेको रहेछ । यस्तो नामको साहित्यकार नसुनेको र‘छु को हो ? मैले जिज्ञासा राखे पछि ज्यामिरे बोलो- “तेही झाँक्री बूढाको छोरो ।”

“अनि त्यो ता मास्टर पिटेर स्कूलबाटै भागेको भन्या होइन ?” मैले आश्चर्य प्रकट गरेँ । तब ज्यामिरेले रहस्य खोल्यो- “आठ किलास्मा सब्बै पास तेही टोपीकाने भन्ने मात्रै फील भा’छ । त्यै रिजल्टका दिन त्यो कुरा सुन्नासाथ सरासर त्यो मुरले भन्ने हेटमास्टरलाई कड्याप्प बोकेर गिराउनका ढुंगामा बड्याङ्गैै पछारेछ, तेसरी पछार्दाहुँदी मुरली मास्टरको दाइने घुँडाको पाङ्ग्र्रो उछिट्टिएर पर पुगेछ । त्यसपछि टोपीकाने त्यहाँबाट उफ्रेको मान्छेले मुरलीलाई उठाउँदा ऊ खोलो तरेर जङ्गल पसेको थियो ।

त्यसपछि सात वर्ष टोपीकाने हराएको गाउँघरमा हल्ला भो । ऊ जापानमा काम गर्दैछ. कहाँ हरायो थाहा भएन तर मुरले मास्टर त्यसपछि रोगाएर मरे । ऊ मरेका पर्सिपल्ट टुप्लुक्क टोपीकाने आइपुग्यो, उसको सुट्बूट हेर्दा जापान गए जस्तो साछी परमान क्यै नाईं । ता पनि साहित्येमा लागेको मान्छे अस्तिको पालि सम्मेलनमा यस्तो रचना सुनायो-
तिम्लाई बरु छोड्न सक्छु साहित्तेलाई हैन
परान मेरो यसैमा छ अरु थोकमा छैन ।…

अन्तमा परर्र ताली पड्किए । धेरै बेर वाह वाह गरे । पछिल्तिर बस्नेले वान्स मोर पनि भने । यो कविता फस ! भनेर कराए. उसका छेउमा बसेकी सिटिवाल्की छोरी गोमा भने ठुस्स रिसाएकी देखिन्थी । भरे घर फर्किदा चौधरी जेठाको दोकानमा चिया खान बिसाएका बेला चिर्पटले घुमाएर हानिछ ।
“छ्या किन रिसाकी ?”
“तिम्लाई बरु छोड्न सक्छु भनेर सबैलाई सुनाउने ? तिमीसँग बिहे गर्छु देउताको कस्सम भनेको एक वर्ष भो । बिहेको कुरै छैन ।”
टोपीकानेलाई भनन्नै रिङ्गटा चल्यो । त्यसै बेला केटीले चम्पट ठोकी ।

वास्त्तवमा साहित्यले नै टोपीकानेको सार्वजनिक छवि बढेकाले त्यता लागेको रहेछ । यो गज़लसङ्ग्रहमा भूमिका लेखाउन खोज्दै रहेछ ।

ज्यामिरेले सुनायो, “बूढाले जति माग्छन् त्यति दिउँला लेखा मत्तै । यो दामी र बेजोड छ भन्ने कुरा चै परोस् ।”
मैले सुनाएँ, “दश हजार भन्दे न ।”
“ए दश ता आफै ओके भैसको दाइ ।”
“तेसो भए खिपौंला ।”

अनि मैले मिलाएर लेखेँ, तीस पेजको सङ्ग्रहलाई सत्र पेज भूमिका । अनि शनिबार बिहान दुवै जनालाई चिया दोकानमा बोलाएर त्यो जिम्मा लाएँ ।

टोपीकानेले प्रशन्नता व्यक्त गर्दै हातमा कागत लिएर ज्यामिरेलाई सोध्यो- “यति भए यसले पाउला त दाइ ?”
“तेस्को म ग्रेण्टी भएँ”- उसले भन्यो ।

मैले सोधेँ- “के ग्रेण्टी भन्या ?”
“यसपालीको हाम्रो पालिकाको साहित्ते पुरस्कार । एक लाख पो छ त दाइ । पूरा ता हात पर्दैन । खर्चबर्च मिलाएर पनि हाप तिमीलाई पारौँला । बरु किताब छाप्न पठाइहाल म्याद दश दिन मात्र छ दर्ता गर्ने ।”

त्यसको आर्को हप्ता ज्यामिरे काइँलो एक्लै आयो मलाई भेट्न । अनि भन्यो- “दाइ तेस्को चेक साटिएको छैन. उताड आको पैसा । आज यत्ति राख्तै गरम भन्दै एउटा पान्सौको नोट तेर्स्यायाे ।
मैले “एकै चोटि लिउँला” भनेर उसलाई फर्काएँ ।
त्यसको साता दिनपछि ज्यामिरेलाई फोन गरेँ. “उठेन भाइ ?”
“हाप मात्र उठो दाइ तर म तीन पल्ट धाउनु पर्‍यो । टाढा गोदाबरी पुग्नु पर्ने । गाडीको तेलमा खर्च भो चार हजार ।

त्यसको सात दिनमा गरेँ । उसले भन्यो- “सत्ते होला दाइ, हिजो गोकणर् पुगेर आउँदैथेँ जोरपाटीको जाममा अर्को गाडीले हान्देर धन्न त्यो पाँच हजार गोजीमा थियो र पुलिसलाई तिरेर उम्केँ । गाडीमा मेरै गोजीको पैसाले तेल हालेँ । तर पीर नगरौँ दाइ निगाले साउकी छोरीले हिजो भेटिथिन् । इज्रेल गर आकी । ऊ पनि एउटा गज़लसङ्ग्रह निकाल्ने अरे । भूमिका म लेखाइदिन्छु बीस हजार लाग्छ भन्द्याछु । उनले पैसाको पीर नगर्नु दाइ भन्याछिन् ।”

“हेर्नोस् दाइ, मैले पनि यही साहित्ते सेवा गर्ने भनेर घुम्ती दोकान बेचेँ । पीपल चोकको घडेरी बेचेँ अब ढुक्कै यै गर्नी हो । तर यसमा लागेसी बूढीले पनि छोडी । अलिक खान बस्न टुङ्गो हरायो । आज त शनिबार, भाउजूका हातको खाना खान जसरी नि आइपुग्छु ।

“हामी बिहानै पनौती जाने तयारी गर्दैछौँ, नमोबुद्धको दर्शन छ भाइ ।” भनेर टारुँला भन्ने थियो- भन्न आँटेको थिएँ ज्यामिरेले कड्याप्पै फोन राख्यो । अनि ता मर्दै उठाउदैन । न घर छोडेर कतै लाग्नु न चामल थप्नु ।

०००
असार १५ को दैचिउरा २०८१ साल
कीर्तिपुरको ट्याङ्ला डाँडा

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
नारायण नेपाल
नारायण नेपाल
1 year ago

चोटिलो, रसिलो व्यङ्ग्य गाउँले भाषिका जडी
यस्ता झटारे फित्कौली पढ्न पाऊँ अझै बढी ।।

Nepal Telecom ad
गणतन्त्रले दुइटा दिने भो

गणतन्त्रले दुइटा दिने भो

डा. गोविन्दराज भट्टराई
एक टपरी मेरा इच्छाहरू

एक टपरी मेरा इच्छाहरू

डा. गोविन्दराज भट्टराई
क्याम्पस चिफ हुँदाको सम्झौटो (२)

क्याम्पस चिफ हुँदाको सम्झौटो...

डा. गोविन्दराज भट्टराई
क्याम्पस चिफ हुँदाको सम्झौटो (१)

क्याम्पस चिफ हुँदाको सम्झौटो...

डा. गोविन्दराज भट्टराई
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
अनुहार

अनुहार

नगिता लेप्चा राई
1
0
Would love your thoughts, please comment.x
()
x