साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अन्धभक्तको सकस

गुरुको आचीलाई प्रसाद मानेर सश्रद्धा खानु पर्‍यो कतिले कस्ता कष्ट भोग्नु पर्‍यो नाङ्गा बाजेको लिङ्ग ढोग्नु पर्‍यो लिङ्ग धोएको गोडा धोएको र पुरै नुहाएको पानी फोहोर भन्ने जानी जानी घुटुघुुटु पिउनु पर्‍यो ।

Nepal Telecom ad

रामदेव पाण्डे :

विज्ञानवादीहरू यत्तिकै विरोध गर्छन्
सचेत भौतिकवादी बित्थामा गाली गर्छन्
कम्ता गाह्रो हुन्छ अन्धभक्त बन्न !
त्यसमा पनि पढालेखा मान्छे होस्
उसलाई अन्धभक्त बन्नु परोस्
आज एक जना पूर्व अन्धभक्तले
अन्धभक्तीको कहानी बयान गरे
महा मुस्किल हुन्छ अरे
प्राप्त ज्ञानबाट तल झर्नु पर्‍यो
जानेको कुरा नजानेझैं गर्नु पर्‍यो
नहुने कुरालाई ठ्याक्कै हुने जस्तो गरी
अरूका दिमागमा समेत घुसेर्नु पर्‍यो
वर्षौँ मिहेनतले पढेको
बिग ब्याङ थ्योरी बिर्सेझै गरी
मधुकैटभ राक्षस मारेर
उसका शरीरबाट धरती, पानी
सबै बनेको भ्रम छर्नु पर्‍यो
एक थरी भए पो अन्धभक्त पनि
कति विचराले
गुरुको आचीलाई प्रसाद मानेर
सश्रद्धा खानु पर्‍यो
कतिले कस्ता कष्ट भोग्नु पर्‍यो
नाङ्गा बाजेको लिङ्ग ढोग्नु पर्‍यो
लिङ्ग धोएको गोडा धोएको र
पुरै नुहाएको पानी
फोहोर भन्ने जानी जानी
घुटुघुुटु पिउनु पर्‍यो
धर्म प्राप्ति खातिर जिउनु पर्‍यो
घसेर खुट्टाको धुलो माथमा
शुद्ध अन्धभक्तिका साथमा
सजिलो छ मान्छेलाई भन्न
कम्ता सकस छैन अन्धभक्त बन्न !

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नेताजीको जय:

नेताजीको जय:

रामदेव पाण्डे
कारण के होला ?

कारण के होला ?

रामदेव पाण्डे
प्रभु ! घोर कलियुग आयो !

प्रभु ! घोर कलियुग...

रामदेव पाण्डे
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x