साइबर अपराध सम्बन्धी सचेतना सामग्री

टाटे र पाङ्ग्रे मनमोज गर्छन्

गोडा फुटेछन् रगताम्य मार्ग नेपाल बाँचे नव बन्छ स्वर्ग उत्साह भर्ने किन हुन्न जाती भोकै छ जोत्ने ठग टन्न राति निर्धाहरूको धन सम्म हर्छन् टाटे र पाङ्ग्रे मनमोज गर्छन् ।

Nepal Telecom ad

जगदीश्वर पाेखरेल :

नेपालको इज्जत सान खस्क्यो
सुन्दा नराम्रो मुटु चस्स चस्क्यो
नेपाल वासी दिनरात खट्छन्
टाटे र पाङ्ग्रे मनमोज गर्छन् ।।१

जोतेर धर्ती फल अन्न पाक्छ
कुर्लेर मैना फल खान डाक्छ
मुग्लान भोका कति कष्ट भर्छन्
टाटे र पाङ्ग्रे मनमोज गर्छन् ।।२

बारी सपारे भरपेट हुन्छ
भोको छ बालो दिनरात रुन्छ
बोकेर भारी गिरि शैल चढ्छन्
टाटे र पाङ्ग्रे मनमोज गर्छन् ।।३

गोडा फुटेछन् रगताम्य मार्ग
नेपाल बाँचे नव बन्छ स्वर्ग
डोका र नाम्ला कति दूर चर्छन्
टाटे र पाङ्ग्रे मनमोज गर्छन् ।।४

उत्साह भर्ने किन हुन्न जाती
भोकै छ जोत्ने ठग टन्न राति
निर्धाहरूको धन सम्म हर्छन्
टाटे र पाङ्ग्रे मनमोज गर्छन् ।।५

०००
पाउँदी, लमजुङ हाल: काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

जगदीश्वर पाेखरेल
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
सबै पाका मान्छे …

सबै पाका मान्छे …

जगदीश्वर पाेखरेल
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

जगदीश्वर पाेखरेल
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

जगदीश्वर पाेखरेल
बुबा

बुबा

विदुर अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सत्ता समात्ने भए

सत्ता समात्ने भए

माधव पोखरेल गोज्याङ्ग्रे
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x